+
Search

ताजा अपडेट +

पपुलर +

तिन कार्यालयको नाम परिवर्तन

तिन कार्यालयको नाम परिवर्तन
त्रिशूली प्रवाह
२ साल अगाडी

हेटौंडा, वागमती प्रदेश सरकार मातहतको नुवाकोट जिल्लामा रहेको तीनवटा सरकारी कार्यालयको नाम गत हप्तादेखि परिवर्तन भएको छ ।

Utsuk Books & Stationery

प्रदेश सरकारको मन्त्री परिषद्को निर्णयानुसार स्विकृत कार्यालयको बिस्तृत संगठन तथा ब्यवस्थापन सर्वेक्षण २०८० मा भएका ब्यवस्था एवं कृषि विकास निर्देशनालय हेटौंडाको परिपत्रअनुसार साबिकको कृषि ज्ञान केन्द्र नुवाकोटको नाम परिवर्तन भएर कृषि विकास कार्यालय नुवाकोट कायम भएको छ । त्यसैगरी, साबिकको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको नाम समेत गत हप्तादेखि नाम परिवर्तन भएर पशु सेवा कार्यालय कायम भएको छ । यी दुवै कार्यालयको नाम दोस्रोपटक परिवर्तन भएपनि कार्यक्षेत्र रसुवा र नुवाकोट यथावत रहेको छ । प्रदेश सरकार अन्र्तगत जिल्लामा रहेको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले पनि गत हप्तादेखि कार्यक्षेत्र र गर्ने काम यथावत रहने गरी उद्योग तथा वाणिज्य कार्यालयको नाम परिवर्तन भएको छ । संघीयता कार्यान्वयनमा आएसँगै संघ अन्र्तगत रहेको घरेलु तथा साना उद्योग विकास समिति घरेलु तथा साना उद्योग कार्यालय हुँदै उद्योग तथा वाणिज्य कार्यालय भएको छ । विगतदेखि नै कार्यालयले उद्योग र वाणिज्यको काम गरिरहेपनि नाम चाहीँ वाणिज्य थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह