+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी कर्मचारीले धेरै विदा लिएपछि वडा कार्यालय सूचना प्रकाशन गर्न बाध्य

सरकारी कर्मचारीले धेरै विदा लिएपछि वडा कार्यालय सूचना प्रकाशन गर्न बाध्य
त्रिशूली प्रवाह
२ साल अगाडी

बेलकोटगढी, नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं.–११ मा रहेका सरकारी तथा सामुदायिक सेवा प्रवाहमा खटिएका कर्मचारीले आवश्यक भन्दा धेरै विदा लिएको पाईएको छ ।

Utsuk Books & Stationery

वडाध्यक्ष प्रकाशजंग पाण्डेले सूचना प्रकाशित गर्दै वडाभित्र रहेका स्वास्थ्यचौकी, विद्यालयसहितका अन्य सरकारी सेवा प्रवाहमा रहेका कर्मचारी, शिक्षकले चाहिने भन्दा बढी बिदा लिएको भन्दै बिदालाई अधिकारको रूपमा नलिई सेवा प्रवाहलाई नियमित गराईराख्न सचेत गराउनुभएको छ । मंगलबार जारी गरिएको सूचनाअनुसार ती कर्मचारीले विदालाई सहुलियतको रूपमा भन्दा पनि अधिकारको रूपमा लिएर चाहिने भन्दा बढी विदा लिएको, शुक्रबार चाँडै कार्यालयबाट निस्कने र आईतबार पनि ढिला पुग्ने गरेको, यदी कुनै साता सोमबार सार्वजनिक विदा भएको समयमा शुक्रबार चाँडै निस्केका कर्मचारी आईतबार कार्यालयमा अनुपस्थित हुने र एकैपटक मंगलबार मात्रै ढिलो गरेर उपस्थित हुने गरेको पाईएको भन्दै सचेत गराउनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह