+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालयलाई आर्थिक श्रोत जुटाउन सामूहिक ब्रतबन्ध

विद्यालयलाई आर्थिक श्रोत जुटाउन सामूहिक ब्रतबन्ध
त्रिशूली प्रवाह
२ साल अगाडी

देविघाट, सनातन हिन्दु संस्कारको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्ने उद्देश्यले विगत वर्षदेखि नुवाकोटको विदुर नगरपालिका वडा नं.-५ देविघाटमा रहेको शहिद जगतप्रकाशजंग शाह संस्कृति माध्यमिक विद्यालयले वर्षेनी सामुहिक ब्रतबन्ध गराउने गरेको छ । हरेक वर्षको श्रीपञ्चमीको दिन विद्यालयले सामुहिक ब्रतबन्ध गराउँदै आएको छ । यस वर्ष पनि फागुन २ गते श्रीपञ्चमीको दिन पचासी जना बटुकको सामुहिक ब्रतवन्ध गरिएको जानकारी विद्यालयले दिएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

विद्यालय सञ्चालनको लागि समेत आर्थिक श्रोत जुटाउन गत बुधबार फागुन २ गते बसन्त पञ्चमीको अवसरमा आयोजित सामुहिक ब्रतबन्धबाट पाँच लाख रूपैयाँ संकलन गरिएको छ । सामुहिक ब्रतबन्धमा सहभागी बटुकबाट विद्यालयले प्रति बटुक छ हजार रूपैयाँ सेवा शुल्क लिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले जानकारी दिनुभएको छ । उहाँको अनुसार बटुकसँग लिएको शुल्क र संकलित भेटीबाट विद्यालयले निजी श्रोतका शिक्षकलाई तलव खुवाउने गरेको छ । “न्युनतम शुल्कमा पूर्ण धार्मिक विधिअनुसार बटुकलाई चाहिने पोषाक र भोजनको समेत उपलब्ध गराईएको छ ।” अध्यक्ष डंगोलले भन्नुभयो “अभिभावकलाई आर्थिक भार कम गराउन र सामुहिक भावनाको विकासमा समेत सामुहिक ब्रतबन्ध कार्यक्रमले सहयोग पु¥याएको छ ।” विद्यालय सञ्चालनको लागि वैकल्पिक श्रोतको खोजीको लागि हरेक वर्ष जस्तै यस वर्षपनि वसन्त पञ्चमीको अवसरमा सामुहिक ब्रतबन्ध गरिएको प्रधानध्यापक मञ्जु चित्रकारले जानकारी दिनुभयो । उहाँको अनुसार यस अभियानले समाजमा हुने भड्किलो परम्परा नियन्त्रण गर्न र हिन्दु संस्कृतिको रक्षा गर्न उल्लेख्य योगदान पुगेको छ । सामुहिक ब्रतबन्ध गर्न नुवाकोटसहित रसुवा, धादिङ, चितवन, गोरखालगायतका जिल्लाबाट बटुकको सहभागिता रहेको थियो । बटुकको ब्रतबन्धमा सोही विद्यालयका पण्डित गोकुल सापकोटाको नेतृत्वमा चौध जना पण्डित–विद्यार्थीको सहभागिता रहेको विद्यालय ब्यवस्थापन समितिका सदस्य रामशरण वस्तीले बताउनु भयो ।

Suzuki New Bike & Scooter

वि.संं.२०५५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा दशसम्म अध्यापन हुने गरेको छ । विद्यालयले निःशुल्क आबासीय सुविधासहित संस्कृत भाषाको अध्यापन गराउन आर्थिक श्रोतको अभाव भएसँगै हिन्दु धर्मालम्वीको पर्व नाग टास्न, रक्षा बन्धन गराउन, घर–घरमा कुस भित्र्याउन, पितृ तर्पणलगायतका गतिविधीमा विद्यालयका शिक्षक–विद्यार्थीमार्फत सेवा दिएर समेत आर्थिक श्रोत जुटाईने गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह