+
Search

ताजा अपडेट +

पपुलर +

पुस्तक ब्यवसायी संघद्वारा संस्कृत मा.वि.का विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

पुस्तक ब्यवसायी संघद्वारा संस्कृत मा.वि.का विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण
त्रिशूली प्रवाह
२ साल अगाडी

देविघाट, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ जिल्ला शाखा नुवाकोटले ११औं पुस्तक दिवस तथा सरस्वती पुजाको अवसरमा फागुन २ गते नुवाकोटको देविघाटमा रहेको शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयमा अध्ययनरत असाह्य, जेहेन्दार, विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामान र विद्यालयलाई खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

विदुर नगरपालिका वडा नं.-७ मा रहेको जिल्लाकै पहिलो संस्कृत अध्यापन हुने शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयका विद्यार्थीलाई संघले सामाजिक उत्तरदायित्व बहन गर्दै स्टेशनरी र शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ वागमती प्रदेशका पुर्व सल्लाहकार तथा नुवाकोट शाखाका निवर्तमान अध्यक्ष रोशन शाहको प्रमुख आतिथ्यतामा जिल्ला अध्यक्ष बासुदेव गजुरेल, प्रदेश सदस्य मिनकुमार खतिवडा, जिल्ला सल्लाहकार राजाराम पुडासैनी, जिल्ला शाखा नुवाकोटका प्रथम उपाध्यक्ष गोकर्ण रोक्का, द्धितिय उपाध्यक्ष राजेन्द्र रिजाललगायत जिल्लाका पुस्तक तथा स्टेशनरी ब्यवसायीको उपस्थितीमा उक्त सामाग्री विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारको रोहवरमा हस्तान्तरण गरिएको थियो । संघले नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा माघ २६ देखि फागुन ७ गतेसम्म सम्पन्न आठौं नुवाकोट महोत्सव २०८० मा स्टल राखेर पुस्तक प्रदर्शनी तथा बिक्री गरेको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह