मगर स्थापना दिवस

  • त्रिशूली प्रवाह
  • १७ फाल्गुन २०८०, बिहीबार ११:४१

विदुर, नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा ४२औँ मगर स्थापना दिवस २०८० फागुन १५ गते विविध कार्यक्रमसहित श्राद्ध प्रारम्भ भएको छ । विदुर नगरपालिका–५ पिपलटारका विश्वराज जर्गामगरको पुजनीय पिता स्व. गोविन्दबहादुर जर्घामगरको वार्षिक पितृ श्राद्धका दिन नेपाल मगर बौद्ध सेवा समाज वाप्पा बागमती प्रदेश सचिव प्रशिक्षक तथा गुरु दुर्गाबहादुर ज्ञाङमी मगरबाट श्राद्ध भएको हो ।

आफ्नो भाषा, संस्कृति र पहिचानको क्षेत्रमा लागिपरिरहेको नेपाल मगर सङ्घ नुवाकोटले पुरोहित (वाप्पा)बाट आफ्नो परम्पराअनुसार कर्मकाण्ड गर्ने उद्देश्यका साथ नेपाल मगर बौद्ध सेवा समाज जिल्ला समिति नुवाकोटले श्राद्ध प्रारम्भ गर्न समिति बनाएको थियो । सो समितिको अध्यक्षमा बच्चुमाया सुनारीमगर, संयोजकमा रामकुमार थापामगर, उपाध्यक्षमा अनिल थापामगर, सचिवमा विकास पुलामीमगर र सदस्यमा विश्वराज जर्घामगर, नारायणबहादुर थापामगर, भरत पुलामीमगर, पार्वती थापामगर, शुभाकर थापामगर, हरिशंकर थापामगर रहेका छन् । नुवाकोटमा पहिलोपटक सुरु गरिएको आफ्नो परम्पराअनुसारको कर्मकाण्डले अब नुवाकोटका मगर समुदायले यसलाई जिल्लाभरका मगरलाई प्रशिक्षित गराई कार्यान्वयनमा लैजान कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर सङ्घ केन्द्रीय समिति सदस्य तथा नेपाल आदिवासी जनजाति महासङ्घ नुवाकोट अध्यक्ष भगवान रानामगरले सुझाव दिए । कार्यक्रममा नेपाल मगर सङ्घ केन्द्रीय सदस्य राजकुमार थापामगर, बागमती प्रदेश मुख्य सचिव रामकृष्ण थापामगर÷महिला सचिव शर्मिला थापामगर÷सदस्य कान्छी रानामगर, नेपाल मगर बौद्ध सेवा समाज वाप्पा बागमती प्रदेश अध्यक्ष राजु दर्लामीमगर, नेपाल मगर सङ्घ रसुवा अध्यक्ष विक्रम थापामगर, नेपाल मगर महिला सङ्घ नुवाकोट अध्यक्ष पार्वती थापामगर र नेपाल मगर सङ्घ नुवाकोटको लिखु गाउँपालिकाबाट विकास दर्लामीमगर र अनिल थापामगरको समेत उपस्थिति रहेको थियो ।