सशस्त्र प्रहरी बल रसुवाको वार्षिकोत्सव सम्पन्न

  • त्रिशूली प्रवाह
  • १७ फाल्गुन २०८०, बिहीबार १२:१८
  • सरस्वती न्यौपाने

धुन्चे, सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म हेडक्वार्टर रसुवा धुन्चेको १७औँ स्थापना दिवस तथा वार्षिकोत्सव फागुन ११ गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल–३ नम्बर गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगर प्रमुख आतिथ्य रहेको सम्पन्न कार्यक्रममा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सशस्त्र प्रहरी बललाई सहयोग पु¥याउने महानुभावलाई सम्मान र दिवसलाई लक्षित गरी गुल्मभित्रका कर्मचारीबाट सरसफाइ, दौड तथा खेलकुद कार्यक्रमका उत्कृष्टलाई पुरस्कार वितरण गरिएको थियो । ०६३ साल फागुन ११ गते सदरमुकाम धुन्चेमा अस्थायी सीमा सुरक्षा पोस्ट खडा गरी बसेर ०७० साल असार ७ गतेदेखि सीमा सुरक्षा गुल्म रसुवा स्थापना भई कार्य गर्दै आइरहेको अवस्थामा ०७५ साल माघ २० गतेदेखि सशस्त्र प्रहरी हेडक्वार्टर रसुवामा स्थापित भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे, उपप्रमुख विजय लामा, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकी, सशस्त्र प्रहरी बल नेपाल १९ नम्बर गुल्म हेडक्वार्टर नुवाकोटका गुल्मपति जगन्नाथ खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय रसुवाका प्रमुख मोहन आचार्य, विष्णुदल गणका निमित्त गणपति सेनानी विक्रम बस्नेतलगायतका सरकारी कार्यालयका प्रमुख, नागरिक समाजलगायत जिल्लाका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।