लुम्बिनी बैंकबाट विद्यालयलाई कुर्सी हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • १७ फाल्गुन २०८०, बिहीबार १२:२८

बट्टार, लुम्बिनी विकास बैंक लिमिटेड बट्टार बजार शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोट जिल्ला विदुर नगरपालिका–७ मा रहेको बच्छलादेवी माध्यमिक विद्यालयलाई मंगलबार ५० थान कुर्सी हस्तान्तरण गरको छ ।

सो सामग्री बैंकको तर्फबाट बट्टार शाखाका शाखा प्रमुख विश्वम्भरमानसिंह डङ्गोलले विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीलाई हस्तान्तरण गरे । बच्छलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक अधिकारीले लुम्बिनी विकास बैंकलाई सहयोगका लागि धन्यवाद व्यक्त गरे । उक्त हस्तान्तरण समारोहमा ढिकुरे शाखाका शाखा प्रमुख सूर्यकुमार पण्डितलगायत विदुर नगरपालिका–७ का वडासदस्य, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीको समेत उपस्थिति रहेको थियो । लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा तथा एकवटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवम् नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रूपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।