मारुनी नृत्य प्रतियोगिताको तयारीे

  • त्रिशूली प्रवाह
  • १७ फाल्गुन २०८०, बिहीबार १३:१३

धुन्चे, रसुवामै पहिलोपटक पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको आयोजनामा मारुनी नाच प्रतियोगिता हुने भएको छ । कालिकास्थानमा हुने प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने बताइएको छ ।

जिल्लामा पहिलोपटक हुन लागेको बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगिता फागुन २६ गते हुँदै छ । मौलिक बाजागाजा तथा लोकसंस्कृतिलाई जगेर्ना गरी परम्परागत रूपको आस्थाको संस्कृतिलाई जीवन्त राख्न जिल्लामा पहिलोपटक मारुनी नृत्य प्रतियोगिता राखिएको रेडियो लाङटाङले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । धर्म–संस्कृतिको जर्गेना गरी भावी पुस्ताले पनि सिकून्, बुुझून् भन्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजक संस्था रेडियो लाङटाङकी प्रमुख गीता न्यौपानेले बताइन् । लोपोन्मुख धर्म–संस्कृतिको जगेर्ना गर्ने कार्यक्रम गरेकोमा रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले रेडियो लाङटाङलाई विशेष धन्यवाद दिएका छन् ।