रारा राष्ट्रिय म्युजिक अबार्डको सर्वोत्कृष्ट भाषाभाषी गायक अबार्ड सागरले जिते

  • त्रिशूली प्रवाह
  • १८ फाल्गुन २०८०, शुक्रबार १४:०४

काठमाडौं, रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० भब्यरूपमा गत हप्ता सम्पन्न भएको छ । कनका सुन्दरी फिल्मसको आयोजनामा फागुन १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा पदमबहादुर रोकायाको अध्यक्षतामा संघीय संसदका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको कार्यक्रममा तामाङ म्हेन्दोमाया गीत सङ्गीतको म्हेन्दोमाया किङको उपनामले परिचित नुवाकोटमा जन्मेका लोकप्रिय गायक सागर एस वाईबाले अरूलाई पछि पार्दै सर्वोत्कृष्ट भाषभाषी गायक अबार्ड जित्न सफल भएका छन् । अग्रज संगीतकार राजकुमार बगरसहित भाषाभाषी विभिन्न अग्रज कलाकार, विभिन्न क्षेत्रमा सक्रिय रहेर सेवा गरिरहेका समाजसेवीले उक्त समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा प्रथम देउडा गायक स्वर्गीय महाशंकर देवकोटाको नामबाट महाशंकर राष्ट्रिय प्रतिभा पुरस्कार २०८० वरिष्ठ देउडा गायिका सेतु खड्कालाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी, यो यो वर्षको समाजसेवी संस्थाका प्रमुख सल्लाहकार रतननाथ योगीलाई सम्मानित गरिएको थियो । पत्रकारिता क्षेत्रबाट गिता अधिकारीलाई सम्मानित गरिएको थियो । रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० कार्यक्रममा मागल, देउडा, हुड्के, अपि हिमाल साँस्कृतिक समाजको छलोको प्रस्तुति र यन्त्र एजुकेशन फाउन्डेशन स्कुल मनहरा काठमाडौंको एन.सि.सि. समूहको नित्य प्रस्तुति रहेको थियो । कार्यक्रममा टेक तामाङ र जयसिंह कुमाई सुजन बम–दोधारमा छु ले पपुलर अबार्ड प्राप्त गर्नुभएको छ । भाषाभाषी गीतबाट आफ्नो छुट्टै पहिँचान बनाउन सफल तामाङ म्हेन्दोमाया गीत सङ्गीतको म्हेन्दोमाया किङको उपनामले परिचित लोकप्रिय गायक सागर एस वाईबाले दोस्रो संस्करणको रारा राष्ट्रिय म्युजिक अबार्डमा भाषाभाषी सर्वोत्कृष्ट गायकको अबार्ड चर्चित गायक जयसिंह कुमाई, छत्र शाही, विरेन्द्र झा, नवराज कलौनीलगायत अन्य प्रतिस्पर्धीलाई पछि पार्दै केप्पा योङ योङ बोलको म्हेन्दोमाया गीतबाट सर्वोत्कृष्ट भाषाभाषी गायकको अवार्ड हात पार्न सफल भएका छन् । कार्यक्रममा अजय पल सिंहको उत्कृष्ट राष्ट्रिय गीत छोरो नेपालको…., उत्कृष्ट गीत निश्चल दवाडी र शम्भु कुँवरको माइली…., उत्कृष्ट गीतकार (आधुनिक÷पप) पद्मा लिङ्खा मगरको अम्मली पो भए…….., रोहित घिमिरेको सान्बाबु…., उत्कृष्ट संगीतकार (आधुनिक÷पप) रामकुमार रिमालको पुरा भयो सपना……., उत्कृष्ट गायक (आधुनिक÷पप) डेबिट शंकरको सधंै यस्तै मिठा कुरा….., उत्कृष्ट गायिका (आधुनिक÷पप) निता आचार्यको मनको धोको……, उत्कृष्ट नव गायन (आधुनिक÷पप) निमा शेर्पाको भन आज……, उत्कृष्ट मोडल पुरुष (आधुनिक÷पप) पुष्प खड्काको अम्मली पो भए….., उत्कृष्ट महिला मोडल (आधुनिक÷पप) बर्षा शिवाकोटीको पानी दर……, उत्कृष्ट नव मोडल महिला (आधुनिक÷पप) पवि शाखीको जुम्ला……, उत्कृष्ट नव मोडल पुरुष (आधुनिक÷पप) अंशु बर्माको सुन चादी–२…….., उत्कृष्ट म्युजिक भिडियो निर्देशक (आधुनिक÷पप) डि.बी खड्काको सधंै यस्तै मिठा कुरा……, उत्कृष्ट शब्द रचनालोक दोहोरी याम प्र. निउरेको तिम्रो घरबार……, उत्कृष्ट लय (लोकदोहोरी) डा.शिव सुबेदीको दुःख टर्या छैन…….., उत्कृष्ट लोकदोहोरी गायक कुमार कार्कीको मनको चाहाना…… उत्कृष्ट लोकदोहोरी गायिका पूर्णकला बि.सी.को माइली……..उत्कृष्ट मोडल पुरूष लोकदोहोरी सागर लम्सालको वनैज्यू दाजैज्यू…….., उत्कृष्ट मोडल महिला लोकदोहोरी एन जेड सालुको आँखैमा बस्छौंकी माया……, उत्कृष्ट नव मोडल (लोक दोहोरी) गणेश भट्टको मैसाप….., उत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो निर्देशक मिलन श्रेष्ठको मनमा तिमी……, उत्कृष्ट छायांकार विरेन्द्र भट्टको नपार दोधारमा……, उत्कृष्ट सम्पादक अमृत चापागाईको म त मर्छु होला……, उत्कृष्ट एरेन्जर दिसाल निरौलाको किन मरिन म–२………, उत्कृष्ट श्रृङ्गार बिमला तामाङको सकम्बरी……., उत्कृष्ट अडियो मिक्सिङ्ग मनोज परियारको भिर माउरी……., उत्कृष्ट गायक भाषाभाषी सागर एस वाईबाको केप्पा योङ योङ……, उत्कृष्ट गायिका भाषाभाषी कृष्णा सिराडीको बास घुघुती….., दिपा रोकायको सालीभिना जुरी अबार्ड……, उत्कृष्ट नव प्रतिभा गायन (भाषाभाषी) पशुपति खनालको सँगै लैजा मलाई…….उत्कृष्ट लाइभ दोहोरी गायक छत्र शाही, उत्कृष्ट जुरी अवार्ड पुनम तुल्स्यानको म तिम्रो यादमा……., सागर मैनालीको तिम्रो मायाले मेरो मायालाई……., रेशमकुमार वि.क.को योमन……, बद्री शाहको नेपाल भन्दा माथि कोही छैनले अबार्ड जितेका छन् ।