+
Search

ताजा अपडेट +

पपुलर +

नेशनल लाइफबाट ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध

नेशनल लाइफबाट ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध
त्रिशूली प्रवाह
२ साल अगाडी

देविघाट, नेशनल लाइफ इन्स्योरेन्सको ३७औं स्थापना दिवसको अवसरमा इन्स्योरेन्सको शाखा कार्यालय नुवाकोटले देविघाटमा रहेको ज्येष्ठ नागरिकको लागि एकदिनको भोजनको प्रबन्ध गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नेशनल लाइफ इन्स्योरेन्स नुवाकोट शाखाले आफ्नो स्थापना दिवसको अवसरमा देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा बसोबास गर्दै आउनुभएका ज्येष्ठ नागरिकलाई एकदिनको भोजनको प्रबन्ध मिलाईएको हो । शाखा कार्यालय नुवाकोटका प्रमुख कृष्णप्रसाद भट्टसहित उक्त कम्पनीको कार्यरत एजेन्सी मेनेजर रामप्रसाद रिजाल, राजेन्द्र लामिछाने, शर्मिला प्याकुरेल, उत्तमप्रसाद भट्टले प्रतिष्ठानमा रहनुभएका ३७ जना ज्येष्ठ नागरिकको लागि दश हजार रूपैयाँ उक्त प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई प्रदान गर्नुभएको थियो । उक्त रकमले एक दिनको भोजनको लागि सहयोग पुग्ने प्रतिष्ठानका अध्यक्ष नेपालले बताए । इन्स्योरेन्सका कर्मचारी टोलीले ज्येष्ठ नागरिकलाई फलफुल प्रदान गर्दै आर्शिवाद समेत ग्रहण गर्नुभएको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह