+
Search

ताजा अपडेट +

पपुलर +

रोशनाको नेतृत्वमा कर्मचारी मिलन केन्द्र

रोशनाको नेतृत्वमा कर्मचारी मिलन केन्द्र
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, कर्मचारी मिलन केन्द्र नुवाकोटको अध्यक्षमा डिभिजन वन कार्यालय नुवाकोटको प्रमुख (डिभिजनल वन अधिकृत) रोशना पोखरेल चयन हुनुभएको छ । शनिबार विदुरमा सम्पन्न भएको २७औं वार्षिक साधारणसभा एंव अधिवेशनमार्फत पुनःगठन गरिएको कर्मचारी मिलन केन्द्र नुवाकोटको अध्यक्षमा डिभिजनल वन अधिकृत रोशना पोखरेल सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनुभएको हो ।

Utsuk Books & Stationery

यसअघि पनि डिभिजन वन कार्यालयको प्रमुख नै अध्यक्ष रहेकोमा पुनः सोही कार्यालयका प्रमुख पोखरेलले नुवाकोटमा रहेका सरकारी कर्मचारीको छाता संस्था कर्मचारी मिलन केन्द्र नुवाकोटको प्रमुखको नेतृत्व लिन सफल हुनुभएको हो । सर्वसम्मतरूपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुदर्शन सेढाई (विदुर नगरपालिका), सचिवमा राजनप्रसाद प्याकुरेल (नेपाल विद्युत् प्राधीकरण) सह–सचिवमा इन्द्रबहादुर खतिवडा (जिल्ला प्रशासन कार्यालय) र कोषाध्यक्षमा तारा गुरुङ (कृषि विकास कार्यालय) हुनुहुन्छ । यस्तै, सदस्यमा प्रशान्तकुमार थापा (डिभिजन वन कार्यालय), किशोर सापकोटा (उद्योग तथा वाणिज्य कार्यालय), केदारप्रसाद खतिवडा (किस्पाङ गाँउपालिका), सावित्रा भण्डारी (इलाका प्रशासन कार्यालय, सातबिंसे), सन्तोष बोगटी (वाणिज्य बैंक विदुर शाखा) र शिवराम ढकाल (नेपाल बैंक लिमिटेड) हुनुहुन्छ । नुवाकोट जिल्लामा कार्यरत सरकारी कार्यालय, संस्थान तथा पब्लिक लिमिटेड कार्यालयमा कार्यरत सम्पूर्ण दर्जाका कर्मचारीको हक, हित, प्रबद्र्धन तथा अभिभावकीय संस्थाको रूपमा कर्मचारी मिलन केन्द्र रहेको छ । साधारणसभा तथा अधिवेशनमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह