+
Search

ताजा अपडेट +

पपुलर +

औषधि व्यवसायी सङ्घको अध्यक्षमा टलकमान निर्विरोध

औषधि व्यवसायी सङ्घको अध्यक्षमा टलकमान निर्विरोध
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला शाखा नुवाकोटको दोस्रो अधिवेशन शुक्रबार बट्टारमा सम्पन्न भएको छ । अधिवेशनबाट पुनः टलकमान श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन भएका छन् । अधिवेशनले अध्यक्षसहित सम्पूर्ण पदाधिकारी एवम् सदस्य सर्वसम्मत् चयन गरेको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

कार्यक्रमको उद्घाटन नेपाल औषधि व्यवसायी सङ्घ बागमती प्रदेशका अध्यक्ष ध्रुवनारायण श्रेष्ठ र नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गरेका थिए । सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारी, त्रिशूली अस्पतालका मेसु डा. प्रतीक सिंह, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का, नेपाल रेडक्रस जिल्ला शाखा नुवाकोटका अध्यक्ष हरि श्रेष्ठ, नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री तिवारी, विदुर नगरपालिका–४ का अध्यक्ष नीलमबाबु ढुङ्गेल, विदुर नगरपालिका–२ का अध्यक्ष दीपक कायस्थलगायतको उपस्थिति रहेको थियो । अधिवेशन निर्वाचनमण्डलका संयोजक एवम् नेपाल औषधि व्यवसायी सङ्घ नुवाकोटका संस्थापक अध्यक्ष मोहनबहादुर खड्काले दिएको जानकारीअनुसार अध्यक्षमा टलकमान श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा रविदास श्रेष्ठ, थोकतर्फको उपाध्यक्षमा हरिराम सापकोटा, खुद्रातर्फको उपाध्यक्ष प्रेमकुमार सापकोटा महासचिवमा भीमबहादुर रोक्का, कोषाध्यक्षमा राजु अमात्य, सचिवमा रामराजा भण्डारी, उपकोषाध्यक्षमा जितेन्द्रकुमार राजभण्डारी र सदस्यमा प्रतिभा गोले, राजकुमार थापा, अनुप श्रेष्ठ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पुनः अध्यक्षको जिम्मेवारी दिएकोमा नुवाकोटका सम्पूर्ण औषधि व्यवसायी मित्रलाई धन्यवादसहित अधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह