तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २४ फाल्गुन २०८०, बिहीबार १२:०४
Buddha Eyes

शक्ति र पदबिना बाँच्न नसक्नेमा नेता मात्रै होइन, कार्यकर्ताको लामै पङ्क्ति हाम्रो जिल्लातिर पनि छन् । सङ्घ–संस्थाको नेतृत्वमा पुग्न मरिहत्ते गर्ने र पदमा पुगेपछि आफ्नै दुनो सोझ्याउन शक्ति र सम्बन्धको दुरुपयोग हुँदा जनतामा निराशै–निराशा । जिल्लाकै पुरानो विद्यालय त्रित्रि माविको व्यवस्थापन समिति रिक्त भएपछि केही व्यक्तिको सल्बलाहटले अभिभावक चिन्तामा । रिक्त अध्यक्ष पद प्राप्त गर्न दल नै परिवर्तन गर्ने गरी पदका लागि मरिमेट्ने केही व्यक्तिको चलखेल काङ्ग्रेसका नेता, वडाध्यक्ष र मेयरसम्म हुन थालेपछि उपमेयरज्यू झसङ्ग ! काम गर्नेका लागि एक कार्यकाल काफी ! तर, कामधाम नै छोडेर अध्यक्ष पद हत्याउन किन मरिहत्ते ! पटक–पटक पदका लागि नैतिकता र स्वाभिमानलाई लिलामी गर्न पछि नपर्ने व्यक्ति देख्दा ‘दालमें कुछ काला हे’ भन्दै त्रिशूलीवासी गाइँगुइँमा व्यस्त ।