+
Search

ताजा अपडेट +

पपुलर +

मारूनी नृत्य प्रतियोगितामा सामरीको समूह प्रथम

मारूनी नृत्य प्रतियोगितामा सामरीको समूह प्रथम
त्रिशूली प्रवाह
२ साल अगाडी

कालिकास्थान, रसुवा जिल्लामै पहिलो पटक विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङ ९० दशमलव ३ मेगाहर्जको आयोजनामा फागुन २६ गते शनिबार मारूनी नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर–५ सामरीको मारूनी नाच समूह प्रथम भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

रसुवा र नुवाकोट जिल्लाका ७ टिमले भाग लिएको उक्त प्रतियोगितामा दोस्रो नुवाकोटकै लिखु गाउँपालिका वडा नम्बर–१ र २ को नुवाकोट मगर संघ र तेस्रो रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर–३ ठूलोगाउँको मारूनी समूह भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रूपैयाँ नगदसहित प्रमाणपत्र र मायाको चिनो दोस्रा हुनेलाई २० हजार रूपैयाँ नगदसहित प्रमाणपत्र, मायाको चिनो, तेस्रो हुनेलाई १५ हजार रूपैयाँ नगदसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा भाग लिएका ४ टिमलाई सान्त्वनास्वरूप ५ हजार रूपैयाँ नगद वितरण गरिएको रेडियो लाङटाङको सचिव सचिव गीता न्यौपानेले जानकारी दिनुभयो । जिल्लामा नै पहिलो पटक भएको वागमती प्रदेशस्तरीय मारूनी नाच प्रतियोगितामा मौलिक बाजागाजा तथा लोक संस्कृतिलाई जर्गेना गरी परम्परागत आस्थाको संकृतिकलाई जिवन्त राख्न भावी पुस्ताले पनि सकुन् भन्ने उद्देश्यले यो प्रतियोगिता गरिएको आयोजकले बताएको छ । कार्यक्रममा चिलिमे जलविद्युत् आयोजनाका परिकल्पना कार एवम ईन्जिनियर डम्बरबहादुर नेपाली, पर्यटन तथा होटल ब्यवसायी सुब्बा लामा, कृषि प्राविधिक हरिप्रसाद अधिकारीलाई नागरिक अभिनन्दन गरिएको थियो ।

Suzuki New Bike & Scooter

सो कार्यक्रममा वागमती प्रदेशसभा सदस्य इन्द्र गोतामे, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे, उपप्रमुख विजय लामा, प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल, कालिका गाउँपालिकाका प्रमुख हरिकृष्ण देवकोटा, उत्तरगया गाउँपालिका प्रमुख माधव अर्याल, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानलगायत जिल्लामा रहेका राजनीतिक दल, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह