रेडक्रसको जिल्लासभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २७ फाल्गुन २०८०, आईतवार १६:०६

विदुर, नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको ३५औं वार्षिक जिल्लासभा शनिबार सम्पन्न भएको छ ।

जिल्ला शाखाका सभापति हरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका उप–महामन्त्री मनोजकुमार थापाले उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, शिवपुरी गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलियाको उपस्थिती रहेको थियो । जिल्लासभामा जिल्ला शाखाले यस वर्षको उत्कृष्ट विधामा स्वयम्सेवक, जुनियर/युवा रेडक्रस सर्कल.उपशाखा र रक्तदान कार्यक्रम सञ्चलान गर्ने संघ/संस्थालाई सम्मान गरिएको थियो । यस वर्षभरी रक्तदान कार्यक्रम आयोजना गर्ने संघ–सस्थालाई समेत सम्मान गरिएको कार्यक्रममा जिल्ला शाखाको सभापति, मन्त्रि र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गरी बन्द सत्रमा छलफल गरी पारित भएको छ । सभामा रक्तसञ्चार सेवा केन्द्रको लागि आह्वान गरिएको १ करोड कोषका लागि सञ्चालन भईरहेको अभियानमा सहयोग जुटिरहेको जानकारी गराईएको थियो ।

जिल्लासभामा नेरेसो केन्द्रिय सदस्य एवंम जुनियर युवा रेडक्रस समिति, संयोजक विष्णुराज नेपाल, नेरेसो केन्द्रिय सदस्य एवंम चितवन र स्यांङ्जा जिल्ला सभापति क्रमशः हरिप्रसाद पौडेल, दिनेश अर्यालज, नेरेसो बागमती प्रदेशका महासचिव रामजीप्रसाद पौडेल, रसुवा जिल्ला शाखा सभापति बाबुलाल तामाङ, नेरेसो नुवाकोट पूर्व सभापति एवंम सल्लाहकार समिति संयोजक रामप्रसाद जोशी, जिल्ला रेडक्रसका पूर्व सभापति एवं विदुर नगरपालिका वडा नं.–१० का अध्यक्ष गणेशकुमार नेपाल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत अन्य सरोकारवाला निकायबाट प्रमुख एवंम प्रतिनिधीको उपस्थिती रहेको थियो ।