५ सय ६७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  • त्रिशूली प्रवाह
  • २७ फाल्गुन २०८०, आईतवार १६:१०

विदुर, नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा, तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा यस वर्ष जिल्लामा भएको मोतियाबिन्दुको नःशुल्क शल्यक्रिया शिविरमा ५ सय ६७ जनाको मोतियाबिन्दुको शल्यक्रिया भईसकेको छ ।

गत फागुन २२ र २३ गते विदुरमा रहेको नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको भवनमा आयोजित मोतियाबिन्दुको शल्यक्रिया शिविरमा ८४ जनाको सफल शल्यक्रिया सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा ८ सय १८ जनाको आखा जाँच भएको थियो । यसअघि जिल्लाको विभिन्न ५ स्थानमा छनौट शिविर सञ्चालन गरिएका बिरामीको समेत उक्त शिविरमा शल्यक्रिया गरिएको थियो । निःशुल्क शिविरको उद्घाटन नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रमसिंह ठकुरीको प्रमुख आतिथ्यतामा समापन भएको थियो । कार्यक्रममा शल्यक्रिया शिविर सम्पन्न गर्न योगदान गर्नुहुने तिलगंगा आखा प्रतिष्ठानका प्राविधिक टिम, नुवाकोट आखा केन्द्रका कर्मचारी एवं सहयोगी स्वयंसेवकलाई सम्मानपत्र प्रदान गरिएको थियो ।