+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम रसुवा नेकोस कप खुला जिल्लास्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि नौकुण्डलाई

प्रथम रसुवा नेकोस कप खुला जिल्लास्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि नौकुण्डलाई
त्रिशूली प्रवाह
२ साल अगाडी


सरस्वती न्यौपाने

Utsuk Books & Stationery
Satkar Machinery Center

धुन्चे, रसुवा जिल्लामा प्रथम पटक भएको नेपाल खेलकुद महासंघ (नेकोस) को आयोजनामा नेकोस कप खुल्ला जिल्लास्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि नौकुण्ड युवा समाजले हात पारेको छ । रसुवा जिल्लाको कालिकास्थानमा सोमबार सम्पन्न प्रतियोगितामा नौकुण्डले आयोजक टिमलाई हराएर प्रथम भएको हो ।

Suzuki New Bike & Scooter


नेकोस रसुवाको आयोजनामा फागुन २५ देखि २८ गतेसम्म भएको भलिबल प्रतियोगितामा नेकोस आयोजक टिम दोस्रो भएको छ भने तृतीय ज्याङलाङ युवा समूह भएको छ । उक्त प्रतियोगितामा पुरस्कार राशी पनि ठूलो रहेको थियो । प्रतियोगितामा प्रथमलाई ७७ हजार ७ सय ७७ रूपैयाँ नगदसहित प्रमाणपत्र र ट्रफी, दोस्रोलाई ४४ हजार ४ सय ४४ रूपैयाँ नगदसहित प्रमाणपत्र र ट्रफि, तृतीय हुनेलाई २२ हजार २ सय २२ रूपैयाँ नगदसहित प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो । नेकोस रसुवाका अध्यक्ष विराज तामाङका अनुसार ग्याल्वो ल्होसारको अवसरमा कालिका मा.वि.को प्राङ्गणमा भएको उक्त खेलको समापन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटिका उप–महासचिव विष्णु रिमाल, विशेष अतिथि नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटि उपाध्यक्ष धर्मकुमार श्रेष्ठ, नेकपा एमालेका केन्द्रिय सदस्य प्रेम तामाङ, र माधव अर्याल, केन्द्रिय पार्टी स्कुल विभागका सदस्य रामशरण प्याकुरेललगायत अन्य विशिष्ट ब्यक्तिको उपस्थिती रहेको थियो । सो अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत भएको थियो । खेलमा अनुशासित खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट कोचलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । साथै, क्वार्टर फाइनलदेखि ‘म्याच अफ दी म्याच’ लाई पनि ट्रफी प्रदान गरिएको थियो । खेलको माध्यमबाट पनि जिल्लालाई चिनाउनको लागि खेलकुद प्रतियोगिता सञ्चालन गरेको नेकोसका अध्यक्ष तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह