+
Search

ताजा अपडेट +

पपुलर +

पोशाक वितरण

पोशाक वितरण
त्रिशूली प्रवाह
२ साल अगाडी


समुन्द्रटार, नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति नुवाकोटको पहलमा दुप्चेश्वर गाउँपालिका वडा नं.–५ साबिक बालकुमारी गा.वि.स.को वडा नं.–३ का स्थानीय विद्यालयमा पढ्ने बालबालिकालाई पोशाक वितरण गरेको छ । संगठनका अध्यक्ष होमबहादुर तामाङको पहलमा नियमित विद्यालय जाऊन् भनि हौसला दिलाउने उद्देश्यले विगतदेखि नै पोशाक वितरण गरिरहेको छ ।

Utsuk Books & Stationery


वार्षिक नियमित कार्यक्रमअनुसार कहीँले विद्यालय जाने पोशाक कहीँले साधा पोशाक वितरण गर्दै बालबालिकामा विद्यालय जान हौसला प्रदान गरिरहेको पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति नुवाकोटका जिल्ला अध्यक्ष समेत रहेका तामाङले बताए । जिल्ला संगठनले विद्यालय पोशाकको साथसाथै मौसम परिवर्तन सँगसँगै रूघाखोकी, ज्वरो, टनसिल, पखाला सम्बन्धी औषधी समेत निःशुल्क वितरण गर्ने गरेको छ । संगठनले यसपटक वितरण गरेको पोशाक नुवाकोटको बट्टारबजारमा रहेको राजेश फेन्सी पसलबाट कपडा सहयोग प्राप्त भएको अध्यक्ष तामाङले बताउनु भयो ।


त्यसैगरी, नेपाल पूर्व प्रहरी संगठन केन्द्रिय कार्यसमितिले गत फागुन २४ गते बिहीबार प्रहरी महानिरीक्षकलाई ज्ञापनपत्र बुझाउँदै नेपाल प्रहरी कल्याणकोषको आय–ब्यय छानबिन गर्न माग गरेको छ । प्रहरी महानिरीक्षक संरक्षक रहेको नेपाल प्रहरी कल्याण कोषको आय–ब्यय वि.सं.२०५० देखि छानबिन गर्न माग गरेको छ । कोषमा १७ अर्ब भन्दा बढी रकम हुनुपर्नेमा हाल अत्यन्त कम ४ अर्ब मात्र रहेको जानकारी आएकोले सत्यतथ्य छानबिन गरी यथार्थ बाहिर ल्याउन संगठनका अध्यक्ष बसन्तराज कुँवरले विज्ञप्तीमार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह