पोशाक वितरण

  • त्रिशूली प्रवाह
  • २९ फाल्गुन २०८०, मंगलवार १८:४१


समुन्द्रटार, नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति नुवाकोटको पहलमा दुप्चेश्वर गाउँपालिका वडा नं.–५ साबिक बालकुमारी गा.वि.स.को वडा नं.–३ का स्थानीय विद्यालयमा पढ्ने बालबालिकालाई पोशाक वितरण गरेको छ । संगठनका अध्यक्ष होमबहादुर तामाङको पहलमा नियमित विद्यालय जाऊन् भनि हौसला दिलाउने उद्देश्यले विगतदेखि नै पोशाक वितरण गरिरहेको छ ।


वार्षिक नियमित कार्यक्रमअनुसार कहीँले विद्यालय जाने पोशाक कहीँले साधा पोशाक वितरण गर्दै बालबालिकामा विद्यालय जान हौसला प्रदान गरिरहेको पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति नुवाकोटका जिल्ला अध्यक्ष समेत रहेका तामाङले बताए । जिल्ला संगठनले विद्यालय पोशाकको साथसाथै मौसम परिवर्तन सँगसँगै रूघाखोकी, ज्वरो, टनसिल, पखाला सम्बन्धी औषधी समेत निःशुल्क वितरण गर्ने गरेको छ । संगठनले यसपटक वितरण गरेको पोशाक नुवाकोटको बट्टारबजारमा रहेको राजेश फेन्सी पसलबाट कपडा सहयोग प्राप्त भएको अध्यक्ष तामाङले बताउनु भयो ।


त्यसैगरी, नेपाल पूर्व प्रहरी संगठन केन्द्रिय कार्यसमितिले गत फागुन २४ गते बिहीबार प्रहरी महानिरीक्षकलाई ज्ञापनपत्र बुझाउँदै नेपाल प्रहरी कल्याणकोषको आय–ब्यय छानबिन गर्न माग गरेको छ । प्रहरी महानिरीक्षक संरक्षक रहेको नेपाल प्रहरी कल्याण कोषको आय–ब्यय वि.सं.२०५० देखि छानबिन गर्न माग गरेको छ । कोषमा १७ अर्ब भन्दा बढी रकम हुनुपर्नेमा हाल अत्यन्त कम ४ अर्ब मात्र रहेको जानकारी आएकोले सत्यतथ्य छानबिन गरी यथार्थ बाहिर ल्याउन संगठनका अध्यक्ष बसन्तराज कुँवरले विज्ञप्तीमार्फत आग्रह गरेका छन् ।