Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

पाञ्चायन देवताको प्राण-प्रतिष्ठाकै दिन पाँच लाख सङ्कलन

पाञ्चायन देवताको प्राण-प्रतिष्ठाकै दिन पाँच लाख सङ्कलन
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, नुवाकोटको विदुर नगरपालिका-२ बट्टारको मूलडिही दम्कीमा निर्माण भएको पाञ्चायन देवताको मन्दिरमा मूर्तिको प्राण-प्रतिष्ठाको अन्तिम दिन शिवरात्रिका दिन पाँच लाखभन्दा बढी दान भेटीबाट आर्थिक सङ्कलन भएको छ ।

गत फागुन १८ देखि सुरु भई २५ गते विधिवत् पाञ्चायन देवताको मूर्तिको प्राण-प्रतिष्ठा गरिएको थियो । प्राण-प्रतिष्ठाको एकै दिन दानपेटीमा सङ्कलन भएको २९ हजार एक सय ३० रुपैयाँ र सहयोग रसिदबाट सङ्कलन भएको पाँच लाख तीन हजार नौ सय ३७ रुपैयाँ गरी पाँच लाख ३३ हजार ७० रुपैयाँ सङ्कलन भएको पाञ्चायन देवता मन्दिर निर्माण तथा उद्यान विकास संस्थाका कोषाध्यक्ष तुलसीमाया वस्तीले जानकारी दिइन् । सो कार्यक्रममा ५० हजारभन्दा माथि चन्दा सहयोग गर्ने रामेश्वर गुणी, नरसिंह पाण्डेको परिवार, खड्ग/रमेश न्यौपाने, झंकमान/बुद्धलक्ष्मी श्रेष्ठ, शिवकुमार मिश्र, वीरेन्द्र गोडी, दीपेन्द्र वली, होमप्रसाद रिमाललाई विशेष सम्मान र पाँच हजारभन्दा माथि चन्दा दिएर सहयोग गर्ने चन्दादातालाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएकोसमेत उनले जानकारी दिए ।

फागुण १८ गते शुक्रबार पूर्वाङ्ग गरेर सुरु भएको प्राण-प्रतिष्ठाको कार्यका लागि त्रिशूलीगंगादेखि कलश यात्रासहित देवीदेवताको मूर्तिलाई स्नान गरी २५ गते विधिपूर्वक प्राण–प्रतिष्ठा भएको मन्दिरको फागुन २६ गते बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, उपमेयर प्रभा बोगटी, विदुर नगरपालिका-२ का अध्यक्ष दीपक कायस्थ, विदुर नगरपालिका-४ का अध्यक्ष नीलमबाबु ढुङ्गेल, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् जिल्ला नगर परिषद्का उपसभापति तथा नुवाकोट उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ताराबहादुर कार्की, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकार, देवीघाट ज्येष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष विष्णु नेपाल, नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री तिवारीलगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा निर्माणसम्बन्धी विस्तृत जानकारी पाञ्चायन देवता मन्दिर तथा उद्यान विकास संस्थाका अध्यक्ष ठाकुरप्रसाद पुडासैनीले दिएका थिए । निर्माण सम्पन्न भएका पाँचवटा मन्दिरमध्ये चारवटा मन्दिरमा भक्तजनबाट र शिव मन्दिरमा मन्दिरको पुजारीबाट मात्रै वर्षको एक दिन शिवरात्रिका दिन मात्र सर्वसाधारणका लागि पूजाका लागि खुला हुने संस्थाका सदस्य तथा पण्डित ज्योतिष भरतप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह