तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ८ चैत्र २०८०, बिहीबार १२:०२
Buddha Eyes

माओवादीमा हन्डर, ठक्कर खाँदै जनयुद्धको बलमा नेतृत्वमा पुगेका भोका नेता सत्तामा पुगेपछि बिग्रिने यो कस्तो विडम्बना ! जनता र देशको मुहार फेर्ने कसम खाएका नै ठूला–ठूला सङ्गठित अपराधमा जोडिन थालेपछि जनतामा मोहभङ्ग । नुवाकोटमा भने कमरेड हितबहादुर पटक–पटक मन्त्री हुने हल्लाले मन्त्री भने नहुने क्रमभङ्ग गर्दै उधारो बधाई र शुभकामनाको ओइरो । तर, यसपटक भने प्रधानमन्त्री प्रचण्डले ल्होसारको कार्जेक्रममा बागमतीबाट मन्त्री बनाउने आश्वासन पूरा गर्दा हितबहादुरलाई जिल्लामा बधाई थाप्न भ्याई–नभ्याई । शनिबार मन्त्रीलाई खादा र फूलमाला लिएर बधाई दिन आएका धेरै कमरेड हिस्स ! मन्त्रीको सचिवालयको कार्यक्रम तालिकाले समयको महत्व चाल नपाउँदा बधाई दिएर स्वार्थ सिद्ध गर्न पल्केकाको सपना चकनाचुर ।