एमाले विनपा–७ को अधिवेशन सम्पन्न

  • त्रिशूली प्रवाह
  • १४ चैत्र २०८०, बुधबार १३:५९

तुप्चे, नेकपा (एमाले) विदुर नगरपालिका वडा नं.-७ कमिटिको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले धु्रव थापाको अध्यक्षता १५ सदस्यीय वडाकमिटि सर्वसम्मत चयन गरेको छ । वडा कमिटिको उपाध्यक्षमा घमनसिंह तामाङ, सचिवमा नरबहादुर तामाङ, दुई उप-सचिवमा नवराज अधिकारी र सरिता अधिकारी, सदस्यमा ठाकुर खड्का, ताराबहादुर लामिछाने, चुनेमान तामाङ, कल्पना बस्नेत, करिना नेपाल, रामकृष्ण अधिकारी, सोनम तामाङ, रामराजा थापा, विकास थापा, लालमाया तामाङ रहेका छन् । वडा कमिटिका अध्यक्ष इन्दिरा रिजालको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य बिन्दा ढुंगानाले गर्नुभएको थियो । सो कार्यक्रममा केन्द्रिय सदस्य केशवराज पाण्डे, प्रदेश कमिटिका सदस्य एवं विदुर नगरपालिकाका पूर्व मेयर सञ्जु पण्डितलगायत नेताको उपस्थिती रहेको थियो ।