+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा ‘ग्लोबल मनि विक’

नुवाकोटमा ‘ग्लोबल मनि विक’
त्रिशूली प्रवाह
२ साल अगाडी
  • सुनील श्रेष्ठ

विदुर, नुवाकोट जिल्लामा रहेका बैंक तथा बित्तीय संस्थाले विभिन्न कार्यक्रम गरी सप्ताहब्यापी बित्तीय साक्षरता अभियान मनाए । शनिबार एलिट क्यापिटलले पनि विदुरमा लगानीकर्ता तथा युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

कार्यक्रममा राष्ट्रिय र अन्तराष्ट्रिय सेयर बजार, लगानी छनोट र विश्लेषण, स्टार्टअप र भेञ्चर क्यापिटललगायतका विषयमा खुला अन्तरक्रिया गरिएको क्यापिटलका अध्यक्ष दिनेश आचार्यले जानकारी दिए । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार ‘ग्लोबल मनि विक २०२४’ लाई सफल बनाउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नुवाकोट आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले जानकारी दिए । बैंकले क्याम्पसका स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थी तथा शिक्षकको लागि बित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले बताए । कार्यक्रमा बैंकले बैंकिङ्ग सम्बन्धी आधारभुत ज्ञान, बित्तीय साक्षरताको महत्व, बित्त ब्यवस्थाको लागि ब्यक्तिगत तथा पारिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकले प्रदान गरिरहेका डिजिटल सेवा जस्ता विषयमा बिस्तृत जानकारी दिईएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नुवाकोट शाखाकी प्रबन्धक रिमा श्रेष्ठले बतार्ईन् । यसैगरी, प्रभु बैंकले पनि बट्टारमा रहेको आफ्नो कार्यालय अगाडी प्लेकार्डसहित जनाचेनामुलक कार्यक्रम गरेको थियो । कार्यक्रम विदुर नगरपालिका वडा नम्बर–४ का अध्यक्ष निलमबाबु ढुङ्गेलको प्रमुख आतिथ्यता रहेको थियो ।

चैत्र ६ गतेदेखि ११ गतेसम्म “ग्लोबल मनि विक २०२४ प्रोटेक्ट योर मनि, सेक्योर योर मनि” भन्ने मुलनाराका साथ बैंक तथा बित्तीय संस्थाले देशभर केन्द्रिय कार्यालय र शाखा कार्यालयबाट सप्ताहब्यापी कार्यक्रम सञ्चालन गरेको थियो । ग्लोबल मनी विक बित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा मनाउँदै आएको साप्ताहिक अन्तराष्ट्रिय अभियान हो । नेपाल राष्ट्र बैंकले जारी गरेको बित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयले विद्यार्थी, युवा, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सिप तथा बैंकिङ जनचेतना सिकाउन उद्देश्यले बित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह