सुजुकीको स्कुटर र मोटरसाइकल खरिद गर्ने नयाँ वर्ष योजनामा

  • त्रिशूली प्रवाह
  • २२ चैत्र २०८०, बिहीबार १२:१६

विदुर, सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्सले नयाँ वर्ष योजना ल्याएको छ ।

कम्पनीले ल्याएको ‘नयाँ वर्ष २०८१ क्यास पाऊँ एक्कासि’अन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ वा स्क्र्याच गर्दा नगद छुट पाउनेछन् । यसैगरी, एक लाख रुपैयाँसम्म एक्कासि वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजारको प्रचलित मूल्याङ्कनभन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ वा शून्य प्रतिशत ब्याजदरमध्ये जुन ठीक लाग्छ सोहीअनुसार प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ । सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले पाँच वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ । बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्दै आइरहेको छ । सुजुकीको मोटरसाइकल आफ्नो जापानिज टेक्नोलोजी, गुणस्तरीय निर्माण र वस्तुको मोडेलअनुसारको उत्पादनका लागि ख्यातिप्राप्त ब्रान्ड रहेको छ । यो योजना १४ चैत ०८० देखि १८ जेठ ०८१ सम्म लागू हुने पनि विज्ञप्तिमा उल्लेख छ । नुवाकोट–रसुवामा सुजुकी मोटरसाइकल तथा स्कुटरका लागि उत्सुक अटो मोबाइल्स बिक्रेता रहेको छ । नुवाकोटमा सुजुकी मोटरसाइकल तथा स्कुटरको विगत १० वर्षदेखि बट्टारमा सोरुमबाट बिक्री भइरहेको छ ।