हावाहुरीबाट वियोगी पत्रकारिता अध्ययन केन्द्रमा लाखौँको क्षति

  • त्रिशूली प्रवाह
  • २२ चैत्र २०८०, बिहीबार १२:३१

शिवपुरी, भीषण हावाहुरीका कारण नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–७ को सुइरेचौरमा रहेको वियोगी पत्रकारिता अध्ययन केन्द्रमा लाखौँ रुपैयाँको क्षति भएको छ । शुक्रबार साँझ आएको भीषण हावाहुरीका कारण सम्पादक समाज नेपालले सुइरेचौरमा निर्माण गरेको गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको माथिल्लो तलाको छानो र खानेपानी ट्यांकीमा क्षति पुगेको छ ।

समाजका महासचिव श्याम डोटेलका अनुसार प्रारम्भिक सर्वेक्षणमा करिब १० लाखबराबरको क्षति भएको छ । उनले प्राविधिक अनुगमनबाट क्षतिको मात्रा अझै बढ्न सक्ने जानकारी दिए । हालै निर्माण सम्पन्न भएको सो भवनमा भएको क्षतिको अध्ययनका लागि जानेलाई असुविधा पुगेको समाजले जनाएको छ । केन्द्रको भवनको माथिल्लो तलामा रहेको पोलिकार्बनेट छाना र ट्रस्ट उडाएर दुई सय मिटर पर पु¥याएको छ भने दुई हजार लिटर क्षमताको ट्यांकी पूर्ण रूपमा नष्ट भएको छ ।