एमाले नुवाकोट वडा अधिवेशनमा व्यस्त

  • त्रिशूली प्रवाह
  • २२ चैत्र २०८०, बिहीबार १५:५६

विदुर, नेकपा (एमाले) नुवाकोटका नेता–कार्यकर्ता अहिले जिल्ला अधिवेशनका लागि वडाको अधिवेशनमा व्यस्त रहेका छन् । आगामी जेठभित्र जिल्ला अधिवेशन गर्ने गरी एमालेका नेता–कार्यकर्ता जुटिरहेका छन् ।

जिल्ला पार्टी कमिीटले चैतभित्र ८८ वटै वडाको अधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार धमाधम वडा अधिवेशन सम्पन्न भइरहेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्बर २ की इन्चार्ज बिन्दा ढुङ्गानाले दिएको जानकारीअनुसार क्षेत्र नम्बर २ को २४ वटा वडाको अधिवेशन सम्पन्न भइसकेको छ । विदुर नगरपालिका– १ को अधिवेशनले नरेन्द्र अमात्यको नेतृत्वमा वडा कमिटी पुनर्गठन भएको छ । त्यसैगरी, वडा नम्बर– ५ मा राजाराम गजुरेल, वडा नम्बर– ६ मा अरुण सडौला, वडा नम्बर– ७ मा ध्रुव थापा, वडा नम्बर– ८ मा रामचन्द्र श्रेष्ठ, वडा नम्बर– ९ मा राजकुमार तामाङ (पाण्डव), वडा नम्बर– १० मा राधिका तामाङ, वडा नम्बर– ११ मा डिल्ली तिमिल्सिना, वडा नम्बर– १२ मा चिरञ्जीवी भट्ट, वडा नम्बर– १३ मा चिरञ्जीवी ओझाको नेतृत्वमा कमिटी पुनर्गठन भएको छ । त्यसैगरी, तारकेश्वर गाउँपालिकाको ६ वटै वडाको अधिवेशन सम्पन्न भइसकेका छन् । वडा नम्बर– १ मा बुद्धिलाल तामाङ, वडा नम्बर– २ मा हरि थापा, वडा नम्बर– ३ मा बद्री अधिकारी, वडा नम्बर– ४ मा दीपक नेपाल, वडा नम्बर– ५ मा ज्ञानेन्द्रप्रसाद अधिकारी, वडा नम्बर– ६ मा गोपीराज रिमालको नेतृत्वमा नयाँ कार्यसमिति पुनर्गठन भएको छ । प्रतिनिधिसभाको क्षेत्र नम्बर २ को म्यागङ गाउँपालिकाले ६ वटै वडामा अधिवेशन सम्पन्न गरिसकेको छ ।

उक्त पालिकाको वडा नम्बर– १ को अध्यक्षमा घोसे घले, वडा नम्बर– २ को अध्यक्षमा सुकवीर तामाङ, वडा नम्बर– ३ को अध्यक्षमा गौतम घले, वडा नम्बर– ४ को अध्यक्षमा बलबहादुर तामाङ, वडा नम्बर– ५ को अध्यक्षमा रामकुमार खड्का र वडा नम्बर– ६ को अध्यक्षमा मंगलसिंह तामाङसहित नयाँ कार्यसमिति चयन भएको छ । एमालेले बेलकोटगढी नगरपालिकाको १३ वटा वडामध्ये दुईवटा वडाको मात्र अधिवेशन गरेको छ । बेलकोटगढीको वडा नम्बर– २ मा बलबहादुर तामाङ र वडा नम्बर– ९ मा सूर्य तामाङ अध्यक्ष रहेको वडा कमिटी पुनर्गठन भएको छ । बाँकी वडाको अधिवेशन गर्ने तालिका बनाएर नेता–कार्यकर्ता लागिरहेका केन्द्रीय सदस्य ढुङ्गानाले जानकारी दिइन् ।