त्रिशूली सहकारी २४औँ वर्षमा

  • त्रिशूली प्रवाह
  • २९ चैत्र २०८०, बिहीबार १५:०८

त्रिशूलीबजार, नुवाकोटको अग्रणी सहकारी संस्थामध्येको विदुर नगरपालिका-१ त्रिशूलीबजारमा मुख्य कार्यालय रहेको त्रिशूली बचत तथा ऋण सहकारी संस्था लि. मंगलबारदेखि २४ वर्षमा प्रवेश गरेको छ ।

सहकारीले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । सहकारीले स्थानीय बजार क्षेत्रमा घरदैलो गरी नयाँ वर्ष ०८१ सालको क्यालेन्डर वितरण गरेको छ । सदस्यकेन्द्रित सेवा तथा अनिवार्य नियमित बचत विषयमा अन्तक्र्रिया गरिएको सहकारीका सचिव राजेश श्रेष्ठले जानकारी दिए । स्थापना दिवसको अवसरमा सहकारीले विदुर नगरपालिका–५ मा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका ज्येष्ठ नागरिकलाई फलफूल वितरण गर्नुको साथै खाद्यान्न सहयोग गरेको सहकारीका प्रबन्धक हरिचन्द्र अमात्यले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । ०५६ सालमा स्थापना भएको सहकारीमा एक हजार ६ सय ७२ सेयर सदस्य रहेका छन् । सहकारीको गत आर्थिक वर्षमा ४० करोड ३५ लाखको कुल सम्पत्ति रहेको थियो । सहकारीले सदस्य सेवा केन्द्र बेलकोटगढी नगरपालिका–७ महादेवफाँटबाट पनि सेवा दिइरहेको छ ।