तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ३० चैत्र २०८०, शुक्रबार १०:३०

आर्थिक मन्दीले व्यवसाय सुस्ताएर व्यवसायी पलायन हुने क्रम घट्नुको सट्टा बढोत्तरी भए पनि जिल्लामा अनुगमनको आतङ्कले संवेदनशील र अत्यावश्यकीय पेसा गर्नेहरू त्राहिमाम्–त्राहिमाम् ! फार्मेसीप्रति प्रशासनको वक्रदृष्टि ! अनुगमन गर्ने र जरिवाना तिराउनै गर्व गर्ने सरकारी रवैयाले ५० बेडको स्टार अस्पतालमा भर्ना भएका बिरामीले खानुपर्ने औषधि बेच्ने पसल २४ घण्टासम्म सिल गर्दा कोलाहल । सरकारी निकायले खरिद गर्ने औषधि १ पर्नेलाई २ मा बिल पास गर्दा अनुगमन गर्न नसक्ने निकम्मा निकाय राजस्व बटुल्न र ताला लगाउनुलाई उपलब्धि ठान्दा अस्पतालका बिरामी मर्कामा । नगरका फार्मेसी दर्ता भए पनि अन्य ११ वटा पालिकामा बिनादर्ताका फार्मेसीलाई प्रशासनले के लिएर हो देख्या–नदेख्या गर्दा भौगोलिक विकटता हो कि, व्यवसायीसँगको निकटता ? पशुपतिनाथले जानुन् !