+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सामग्री हस्तान्तरण
त्रिशूली प्रवाह
२ साल अगाडी

कालिकास्थान, रसुवाको कालिका गाउँपालिका-५ जिबजिबेमा रहेको ग्रामीण अस्पताललाई नेप्लिज डाक्टर एसोसिएसन युकेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

Utsuk Books & Stationery

अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलका अनुसार डेन्टल क्याम्प एन्ड कम्युनिकेबल डिजिज स्क्रिनिङलगायत पोर्टेबल डेन्टल एक्सरे आरभपजी विथ ल्यापटप, २० केभिए क्षमताको जेनेरेटर, एइडीलगायतका सामग्री एसोसिएसनका अध्यक्ष डाक्टर सञ्जीव नेपालीले हस्तान्तरण गरेका हुन् । अस्पतालमा गुणस्तरीय सेवा प्रवाहका लागि नेप्लिज डाक्टर एसोसिएसन युकेले अस्पताललाई विभिन्न सामग्री वितरण गरेको वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए । उक्त अस्पतालबाट जिल्लाको उत्तरगया, नौकुण्ड र कालिका गाउँपालिकाभित्रका गरिब र अतिविपन्न परिवारले सहज रूपमा सेवा पाउनेछन् । सो अवसरमा दाँतको उपचारबाट एक सय ४६ जनाले सेवा लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह