तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १४:२७
Buddha Eyes

राणा, पञ्चायत, राजा, बहुदल र गणतान्त्रिक शासनमा नुवाकोटका नेता शक्तिकै वरिपरि हाबी । तर, जिल्ला र जनताको अवस्था उस्तै ! नेताकै वरिपरिका र टाठा–बाठाको उन्नति, प्रगतिबाहेक अरूको ॐ नमशिवाय ! राजधानीलाई चारैतिरबाट घेरिएकाले राम्रा–नराम्रा कामको अग्रपङ्क्तिमा नुवाकोटको नाम छुट्ने त कुरै भएन । ०४६ पछि बढी समय अर्थमन्त्री बन्ने पनि नुवाकोट । अर्थ मन्त्रालयमा लामो समय हालिमुहाली गर्ने महत दाजुभाइको मातापिताको नाममा खडा भएको ट्रस्ट कर नतिर्ने सूचीमा । अर्थमन्त्रीको परिवार त कर नतिर्नेको सूचीमा दर्ज भएपछि देश आर्थिक मन्दीमा रहेको पुष्टि । आफ्नै मातापिताको नाममा ट्रस्ट खोलेर नाम कमाए कि बद्नाम गराए बिना म्याडमले जानुन् ।