बुद्धिजीवी परिषद्को शुभकामना आदान-प्रदान तथा विचार गोष्ठी

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १५:०४

बट्टार, नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति नुवाकोटले विगत वर्षझैँ यस वर्ष पनि नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदान–प्रदान तथा विचार गोष्ठी र चियापान कार्यक्रम गत चैत २९ गते सम्पन्न गरेको छ । परिषद्का केन्द्रीय अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डा. दीपेन्द्र भण्डारी, सचिव डा. दीपेन्द्र श्रेष्ठ तथा बागमती प्रदेश कमिटी अध्यक्ष प्रा.डा. ईश्वर कोइराला, नेकपा एमाले जिल्ला कमिटीका उपसचिव नीलकण्ठ आचार्य, जिल्ला बुद्धिजीवी इन्चार्ज शिवकुमार मिश्रलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा शुभकामना दिने वक्ताले बुद्धिजीवीले देशका लागि सही दिशा निर्देश गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । नेकपा एमालेले मात्र यो देशमा विकास र समृद्धिको सही योजना, निर्माण र कार्यान्वयन गर्न सक्ने दाबीसहित तर्क प्रस्तुत गरेका थिए । विचार गोष्ठीमा प्रगतिशील प्राध्यापक सङ्घका महासचिव डा. पद्मप्रसाद खतिवडाले ‘समाजवाद निर्माणमा बुद्धिजीवीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सोही दिन नेपाल बुद्धिजीवी परिषद् बागमती प्रदेश कमिटीको बैठकसमेत होटेल स्क्वायर बट्टारमा भएको थियो । विचार गोष्ठी बागमती प्रदेश कमिटीको आयोजनामा नमस्ते पार्टी प्यालेस बट्टारमा भएको कार्यक्रमको सभापतित्व नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति नुवाकोटका अध्यक्ष रामहरि रिमालले र सञ्चालन सचिव भेषराज रिमालले गरेका थिए ।