एमाले रसुवाको अध्यक्षमा ढकाल चयन

  • त्रिशूली प्रवाह
  • २७ बैशाख २०८१, बिहीबार १५:३९

धुन्चे, नेकपा एमाले रसुवाको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष पदमा जनार्दन ढकाल सर्वसम्मतले चयन भएका छन् ।

सदरमुकाम धुन्चेमा वैशाख २२ गते जिल्ला पार्टी अध्यक्ष कर्णेल लामाको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । २३ र २४ गते व्यापक छलफलपश्चात् ८० जनाको जिल्ला कार्यसमिति सहमतिमा बनाउने निर्णय भएको थियो । उक्त निर्णयअनुसार निर्वाचन प्रक्रियाबाट पूरै कार्यसमिति सर्वसम्मत चयन भएको भर्खरै निवर्तमान जिल्ला कमिटी अध्यक्ष कर्णेल लामाले जानकारी दिए । निर्वाचन प्रक्रियाबाट अध्यक्षमा ढकाल, उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकुबहादुर तामाङ, महिला उपसचिवमा चमेली गुरुङ र ७४ जना सदस्यमा चयन भएका छन् । जिल्लाको पाँच गाउँपालिकाको २७ वटा वडालाई समेटेर लैजाने सबैको सहमतिअनुसार नै ८० जनाको जिल्ला कमिटी निर्माण गरिएको नवनिर्वाचित अध्यक्ष ढकालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।