+
Search

ताजा अपडेट +

पपुलर +

मदन-आश्रित स्मृति दिवसको अवसरमा माविस्तरीय निबन्ध प्रतियोगिता

मदन-आश्रित स्मृति दिवसको अवसरमा माविस्तरीय निबन्ध प्रतियोगिता
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार, नेकपा एमालेका श्रद्धेय नेता मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा मदन-आश्रित स्मृति प्रतिष्ठान नुवाकोटको आयोजनामा जिल्लास्तरीय (मावि) निबन्धलेखन प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा सहभागीमध्ये सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका–९ की सीमा मगराती प्रथम, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय विदुर नगरपालिका– १ त्रिशूलीकी उत्सवी खत्री द्वितीय, जेडी बोर्डिङ स्कुल विदुर नगरपालिका–६ देवीघाटकी पुष्पा श्रेष्ठ र पञ्चकन्या माध्यमिक विद्यालय बेलकोटगढी नगरपालिका– ११ का प्रनिष नेपालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई आज बिहीबार मदन–आश्रित स्मृति दिवसको अवसरमा प्रतिष्ठानले गर्ने विशेष कार्यक्रममा पुरस्कृत गर्ने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह