तरकारी खेती तालिम शुभारम्भ

  • त्रिशूली प्रवाह
  • ३ जेष्ठ २०८१, बिहीबार १५:१६

ढिकुरे (खानीगाउँ), नेपाली सेना कल्याणकारी बोर्डद्वारा नुवाकोट जिल्ला लिखु गाउँपालिकामा भूतपूर्व सैनिक तथा आश्रित परिवारलाई लक्षित गरी सञ्चालित तरकारी खेती तालिम आइतबारदेखि शुभारम्भ भएको छ ।

तालिमको शुभारम्भ (प्रथम प्रवचन) नुवाकोटमा तैनाथ शेर गणका गणपति प्रमुख सेनानी विष्णु कार्कीले गरे । सो कार्यक्रममा प्रमुख अतिथि लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, विशिष्ट अतिथि जबरजंग गणका गणपति प्रमुख सेनानी चिरञ्जीवी पौडेल, विशेष अतिथि प्रमुख सेनानी पूर्णलाल श्रेष्ठ (अ.प्रा) र अतिथिमा लिखु गाउँपालिका-१ का वडाध्यक्ष नरहरि पाण्डे, लिखु गाउँपालिका-२ का वडाध्यक्ष प्रेमबहादुर थापा, सेनानी कुलबहादुर पौडेल (अ.प्रा.), शेर गणका सहसेनानी लक्ष्मण खड्का, मानार्थ उपसेनानी विनोदकुमार पोखरेल (अ.प्रा.) नेपाली सेना कल्याणकारी बोर्ड हिताधिकारी कल्याण केन्द्र बागमती प्रदेशका जम. बलदेव कार्की (अ.प्रा)को उपस्थिति रहेको थियो । तालिम ०८१ वैशाख ३० देखि जेठ ४ गतेसम्म सञ्चालन हुनेछ भने शिक्षार्थी सङ्ख्या ३० जना रहेको शेर गणले जानकारी दिएको छ । तालिमको प्रशिक्षक आचार्य इन्जिनियरिङ कन्सलटेन्सी एन्ड बिजनेस ट्रेनिङ सेन्टर विदुर नुवाकोटका राजकुमार आचार्य रहेका छन् । आइतबारदेखि नुवाकोटमा तैनाथ जबरजंग गण बर्दिया राष्ट्रिय निकुञ्जका सुरक्षार्थ सरुवा भएको छ भने बर्दियामा तैनाथ शेर गण नुवाकोट सरुवा भएर आएको छ ।