मदन-आश्रित स्मृति दिवस सम्पन्न

  • त्रिशूली प्रवाह
  • ४ जेष्ठ २०८१, शुक्रबार १२:०२

बट्टार, नेकपा एमालेका श्रद्धेय नेता मदन भण्डारी र जीवराज आश्रितको ३०औँ वार्षिकी तथा स्मृति दिवसको अवसरमा मदन–आश्रित स्मृति प्रतिष्ठान नुवाकोटको आयोजनामा प्रदर्शन नियन्त्रणमा विद्यार्थी भूमिका विषयमा जिल्लास्तरीय माध्यामिक विद्यालय निबन्धलेखन प्रतियोगिताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र बिहीबार वितरण गरियो । गत शनिबार प्रतिष्ठानमा निबन्धलेखन प्रतियोगिता भएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा मदन भण्डारीले प्रतिपादन गर्नुभएको बहुदलीय जनवाद अहिले पनि नेपालका कम्युनिष्ट रूपान्तरण र समाजवाद ल्याउनको लागि अपरिहार्य र सान्र्दभिक रहेको सहभागीले बताएका थिए । सो कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य बिन्दा ढुंगानाले मदन आश्रितको योगदानको चर्चा गर्दै कम्युनिष्ट नेता÷कार्यकर्ता उहाँहरूले देखाएको बाटोमा लाग्न सके मात्र उहाँहरूप्रति श्रद्धा प्रकट हुने बताईन् । सो कार्यक्रमका विशेष अतिथि नेकपा एमाले वागमती प्रदेश कमिटिका सदस्य तथा पूर्व मेयर सञ्जु पण्डितले मदन भण्डारीको बहुदलीय जनवादको आँडमा नेकपा माओवादी केन्द्रको दश वर्षे सशस्त्र विद्रोह अवतरण भएको बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष शिवकुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रममा निबन्धलेखन प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः नगद ४ हजार, ३ हजार, २ हजार र १ हजार रूपैयाँसहित प्रमाणपत्र कार्यक्रमकी प्रमुख अतिथि केन्द्रिय सदस्य ढुंगाना, प्रदेश कमिटिका सदस्य पण्डितले प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा सहभागीमध्ये सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका–९ की सीमा मगराती प्रथम, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय विदुर नगरपालिका–१ त्रिशूलीकी उत्सवी खत्री द्वितीय, जेडी बोर्डिङ स्कुल विदुर नगरपालिका–६ देवीघाटकी पुष्पा श्रेष्ठ र पञ्चकन्या माध्यमिक विद्यालय बेलकोटगढी नगरपालिका–११ का प्रनिष नेपालले सान्त्वना भएको प्रतिष्ठानका सचिव नवराज अधिकारीले बताउनु भयो । प्रतिष्ठानका उपाध्यक्ष रामहरी रिमालले स्वागत गर्दै बहुदलीय जनवादको लाइनबाट समाजवाद प्राप्त गर्ने नेपालका कम्युनिष्टहरू एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानले विदुर नगरपालिका वडा नं.–४ हावाघरमा मदन आश्रित पुस्तकालय समेत गत वर्षदेखि सञ्चालन गरिरहेको अध्यक्ष शिवकुमार मिश्रले जानकारी दिनुभयो । पुस्तकालयमा मदन भण्डारी र विश्वका कम्युनिष्टका महत्वपूर्ण दस्ताबेज र माक्र्सवाद लेनिनवादका किताबहरू रहेकोले अध्ययनको लागि फुर्सदमा आउन सबैलाई उहाँले आग्रह गर्नुभएको छ ।