नुवाकोट एमालेको अधिवेशन जेठ २२, २३ र २४ मा

खुल्ला सत्र ढिकुरे, बन्द सत्र बट्टार

  • त्रिशूली प्रवाह
  • ८ जेष्ठ २०८१, मंगलवार १७:०२

विदुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोट जिल्ला कमिटिको ८औं जिल्ला अधिवेशन यही जेठ २२ देखि २४ गते हुने भएको छ । जिल्ला कमिटिको १२औं पूर्ण बैठकले पार्टीको जिल्ला अधिवेशन जेठ २२, २३ र २४ गते हुने अधिवेशनको खुल्ला सत्र लिखु गाउँपालिकाको ढिकुरेबजारमा र बन्द सत्र विदुर नगरपालिका वडा नं.–४ बट्टारमा रहेको बाजेको सेकुवामा गर्ने निर्णय गरेको छ ।

अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने एमाले नुवाकोटले जनाएको छ । अधिवेशनमा जिल्लाको भुगोल, जनसङ्गठन र विधानबमोजिमका निकायबाट करिव ६ सय प्रतिनिधीको सहभागिता रहने जानकारी जिल्ला अध्यक्ष बद्री मैनालीले दिनुभयो । उहाँले अधिवेशनमा सहभागी हुने प्रतिनिधीको छनोट जेठ १२ गते एकैपटक गर्ने निर्णय भएको बताउनु भयो । अधिवेशन सम्पन्न गर्न बैठकले जिल्ला अध्यक्ष मैनालीको संयोजकत्वमा १ हजार १ सदस्य मूल आयोजक समिति गठन गरेको छ । अधिवेशन तयारीको लागि उपसमिति गठन गरेर कार्य विभाजनको जिम्मेवारी दिएको पार्टी उपसचिव निलकण्ठ आचार्यले बताउनु भयो । उहाँले दिएको जानकारीअनुसार राजनीतिक प्रतिवेदन लेखन उपसमितिको संयोजकमा बद्री मैनाली र सदस्यमा जिल्ला उपाध्यक्ष बुद्धिबहादुर प्रधान, जिल्ला सचिव सुदर्शन नेपाल, जिल्ला उपसचिव निलकण्ठ आचार्य, अरूणकुमार श्रेष्ठ, हरि अधिकारी, सुरज शेर्पा, पुरूषोत्तम प्याकुरेल, मुकुन्द नेपाल रहेका छन् । त्यसैगरी, जनपरिचालन उपसमिति क्षेत्र नं.२ को संयोजकमा बुद्धिबहादुर प्रधान र सदस्यमा हरि अधिकारी, सम्मरबहादुर आलेमगर, दिपक चित्रकार, गणेश खतिवडा, एकराज घले, काजिमान डंगोल, दुर्गा वस्ती, बद्री मिजार, नारायणबहादुर खनाल, तोयनाथ तिमल्सिना, नारायणप्रसाद रिमाल, नवराज तिवारी, राजु तिवारी, ज्ञानबहादुर तामाङ, गंगाबहादुर तामाङ, लक्ष्मी प्रधान, बिन्दा श्रेष्ठ, सिताराम अर्याल, इन्द्र अधिकारी, पूर्णप्रसाद पाण्डे, राजु लामा रहेका छन् । त्यस्तै, जनपरिचालन उपसमिति क्षेत्र नं.१ को संयोजकमा निलकण्ठ आचार्य र सदस्यमा जितबहादुर घले, सुरज शेर्पा, घ कुमार लामा, मनोज उप्रेती, विजय तामाङ, कृष्ण खतिवडा, विजय खनाल, किशोर आचार्य, शिवराम दाहाल, केदार थापा, राजु पराजुली, यमबहादुर थापा, धुव्र मिश्र, मंगलमाया प्रजापति, श्याम लामा, रामचन्द्र थापा, दिपक थपलिया, रामराजा दुलाल, चन्द्र बलामी, सोनाम लामा, पुष्कर बोगटी, लजिता तामाङ, मनिका थापा रहेका छन् ।

अधिवेशनको प्रतिनिधी ब्यवस्थापन उपसमितिको संयोजकमा सुदर्शन नेपाल, सह–संयोजकमा निलकण्ठ आचार्य र सदस्यमा अरूण श्रेष्ठ, सम्मर आलेमगर, रामहरी रिमाल, दिपक कार्की, राजु तिवारी, विष्णु दाहाल, हरिशरण गजुरेल, प्रदिप घिमिरे, राजेन्द्र गजुरेल रहेका छन् । अतिथि स्वागत एवं सत्कार उपसमितिको संयोजकमा बद्री मैनाली र सदस्यमा बुद्धिबहादुर प्रधान, सुदर्शन नेपाल, निलकण्ठ आचार्य रहेका छन् । खादा माला उपसमिति मञ्चको लागि पार्वती प्याकुरेल, मंगलमाया प्रजापति, कल्पना न्यौपानेलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी, खादा माला ब्यवस्थापन उपसमितिमा दुर्गा पुडासैनी, रूपा सापकोटा, कोपिला भट्ट, बच्चुमाया सुनारी मगर, अम्बिका पौडेल नेपाल, इन्दिरा अधिकारी, कमला पाण्डे, कमला अधिकारी, तारा रिमाल, अम्बिका तामाङ, शारदा अधिकारीलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी, खाद्य तथा आबास ब्यवस्थापन उपसमितिको संयोजकमा शिव चित्रकार र सदस्यमा दिपक कायस्थ, सञ्जिव श्रेष्ठ, राजेन्द्रप्रकाश पाण्डे, देविका घिमिरे, बच्चुमाया सुनारी मगर, नविन प्रधान, दामोदर नेपाल रहेका छन् । खुल्ला सभा मञ्च ब्यवस्थापन उपसमितिको संयोजकमा राजेन्द्रप्रकाश पाण्डे र सदस्यमा भोलाप्रसाद सेढाई, सुमन पाठक, केसर सेञ्चुरी, मेघनारायण श्रेष्ठ, भिमबहादुर घले, इन्दिरा लोहनी, रोजिना राई, कमला पाण्डे, शान्ति राई, सजना बागदास, हरि कालाखेती, दुर्गा पुडासैनी, दिपेश भेटुवाल, माधव दुलाल र लिखु गाउँपालिका कमिटीका सबै तथा वडा कमिटीका सबै अध्यक्षहरू रहेका छन् ।

निलकण्ठ आचार्यको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ । उक्त समितिको सदस्य शरण उत्सुक सापकोटा, श्याम पाठक, विष्णु तारूके, माधवप्रसाद तिवारी, देवचन्द्र भट्ट, समिर बलामी, नवदिप अजनवी श्रेष्ठ, केदार ढकाल, श्रीराम अधिकारी, सुनिल श्रेष्ठ, पवन फुयाँल, अमित मगर, बसन्त न्यौपाने रहेका छन् । आर्थिक ब्यवस्थापन उपसमितिको संयोजकमा अरूणकुमार श्रेष्ठ र सदस्यमा शरण उत्सुक सापकोटा, सिताराम थापा, शुशिलकुमार खड्का, विकल्प पाठक, लेनिन रञ्जित, प्रदिप घिमिरे, दिपक कायस्थ, रामहरी अधिकारी, नानीकाजी खड्का, रमेश वस्ती, रमेशरमण खनाल, पशुपति थापा रहेका छन् । स्वास्थ्य तथा उपचार उपसमितिको संयोजकमा टलकमान श्रेष्ठ र सदस्यमा हरि प्याकुरेल, पशुपति कोइराला, प्रेमकुमार सापकोटा, केदार खड्का, बुद्धेश्वरी खड्का रहेका छन् । साँस्कृतिक तथा झाँकी ब्यवस्थापन उपसमितिको संयोजकमा नरेन्द्र प्रधान र सदस्यमा कोपिला भट्ट, रेखा लामा, लालसिंह तामाङ, चरिमाया तामाङ, दामोदर खतिवडा, नजरमान श्रेष्ठ, सुर्यबहादुर तामाङ रहेका छन् । त्यस्तै, स्वयम्सेवक ब्यवस्थापन उपसमितिको संयोजकमा रमेश न्यौपाने र सदस्यमा विष्णु दाहाल, सुरेश भण्डारी, कमल श्रेष्ठ, प्रज्जवल सापकोटा, विष्णुहरी रिमाल सत्य, आर्यन श्रेष्ठ, प्रशान्त जंग पाण्डे, फैसल दिन, अमित मगर, सनिस बजगाई, सञ्जिव लामिछाने, सन्तोष गुरूङ, मोदनाथ रिमाल रहेका छन् । यातायात ब्यवस्थापन उपसमितिको संयोजकमा विजय तामाङ र सदस्यमा कविन्द्र प्रधान, अपार बोहरा, रामचन्द्र श्रेष्ठ, कृष्ण खतिवडा रहेका छन् । बन्द सत्र ब्यवस्थापन उपसमितिको संयोजकमा अनुज श्रेष्ठ र सदस्यमा विष्णु भुषण चित्रकार, निलमबाबु ढुंगेल रहेको प्रचार–प्रसार उपसमितिका संयोजक एवं जिल्ला कमिटीका उपसचिव निलकण्ठ आचार्यले जानकारी दिनुभयो । अधिवेशनको लोगो डिजाइन भईरहेको समेत उनले बताए ।