ट्रयाक्टर मर्मत शिविर सम्पन्न

  • त्रिशूली प्रवाह
  • १० जेष्ठ २०८१, बिहीबार ०८:५६

पञ्चकन्या, नुवाकोट, शिवपुरी गाउँपालिकाको धान पकेट क्षेत्रअन्तर्गत वडा नं ७ र पञ्चकन्या गाउँपालिका वडा नं १ मा एकदिने आधारभूत ट्रयाक्टर मर्मतसम्बन्धी किसानको शिविर सञ्चालन भएको छ ।

गत वैशाख ३१ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आयोजना कार्यान्वयन एकाइ नुवाकोटले सञ्चालन गरेको उक्त शिविरमा ७ वाट मिनिटिलर मर्मत र ५६ किसानले मर्मतसम्बन्धी आधारभूत ज्ञान हासिल गरेका थिए । उक्त शिविर क्षेत्रगत रूपमा छानिने र शिविरमा ट्रयाक्टर किसानले आफैंँले आधारभूत मर्मतसम्भार गर्न सक्ने तथा गुणस्तरीय पार्टस रोज्ने कार्यक्रमको उद्देश्य रहेको कार्यालय प्रमुख होमनाथ लम्सालले बताए । कृषि प्राविधिक अधिकृत भुवन तिमिल्सिना, कार्यक्रम संयोजक राजन डङ्गोल र प्रशिक्षक रवीन श्रेष्ठको उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय वडा निवासी सरोज तामाङले यस्तो तालिमको अवधि कम्तीमा सात दिन हुनुपर्ने सुझाव दिनुभयो । सो तालिममा ५० मर्मत औजार बक्ससमेत वितरण गरिएको थियो ।