जापानी टोलीद्वारा हिमालयन एकेडेमी अवलोकन

  • त्रिशूली प्रवाह
  • १० जेष्ठ २०८१, बिहीबार ०९:०१

बट्टार, रोटरी क्लब अफ हिरात्सुका बेस्ट रोटरी इन्टरनेसनल जापानले नुवाकोट, विदुर-२ बट्टारस्थित हिमालयन एकेडेमीको रोटरीका पदाधिकारी टोलीले शैक्षिक अवस्था र भौतिक संरचना अवलोकन गरेको छ ।

बेस्ट रोटरी इन्टरनेसनल डिस्ट्रिक-२७८० का जापानी कियोसी नारिताको समूहले शैक्षिक गुठीद्वारा सञ्चालित विद्यालयको अवलोकन गरेको हो । कार्यक्रममा रोटरी क्लबका अध्यक्ष नारिताले विद्यालयमा १० पटकभन्दा बढी पटक आएर अवलोकन गरेको बताउँदै नेपालको शैक्षिक विकासका साथै विद्यालय र विद्यार्थी शैक्षिक सुधारका लागि आफू सदैव तत्पर रहेको दृढता व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक शिवकुमार चित्रकारले जिल्लाका अन्य विद्यालयसरह हिमालय एकेडेमी पनि अब्बल रहेको जिकिर गरे । कार्यक्रममा संस्थाले विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण गरेको थियो । क्लबले विद्यालयमा सन् २००३ देखि भौतिक पूर्वाधार र मर्मतसम्भारमा सहयोग गर्दै आइरहेको तथा विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि चित्रकारले बताए । विद्यालयका विद्यार्थीले कला प्रस्तुत गरेको कार्यक्रममा २०७४ देखि २०७९ सम्मका विद्यालयका एसइई उत्तीर्ण पूर्वविद्यार्थीलाई सम्मान गरिएको थियो ।