+
Search

ताजा अपडेट +

पपुलर +

बट्टारमा करोडौंको लगानीमा मल्टी एग्रोभेट

बट्टारमा करोडौंको लगानीमा मल्टी एग्रोभेट
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, ‘कृषिमा आधुनिकीकरण, किसानको जीवन रूपान्तरण’ भन्ने नाराका साथ नुवाकोटको बट्टार, दम्कीचोकमा मल्टी एग्रोभेट पसल शनिबारदेखि सञ्चालनमा आएको छ । नुवाकोट, धादिङ र रसुवा जिल्लाका कृषकलाई लक्ष्य गरेर सञ्चालित पसलमा कृषकलाई आवश्यक पर्ने सबै सामग्री एउटै छानामा उपलब्ध गराउने उद्देश्यले पसल खुलेको मल्टी एग्रोभेट नेसनल इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष सरोज लामाले ‘त्रिशूली प्रवाह’ लाई बताए ।

Utsuk Books & Stationery
Satkar Machinery Center

उनका अनुसार करोडौंँका लगानीमा सञ्चालित पसलमा सबैखाले बिउबिजन, कुटो कोदालोदेखि ट्रयाक्टरसम्मका कृषि औजार, मल्चिङ प्लास्टिक, नेट जाली, थोपा सिंचाइका पाइप, टनेल प्लास्टिक, विभिन्न जातका फलफुलका बिरूवा र नर्सरीलगायत कृषकलाई आवश्यक सबै सामान उपलब्ध छ । पसलमा कृषकका लागि प्राविधिक तथा पशुपक्षीपालक कृषकका लागि चिकित्सकसहितको सुविधा छ । नुवाकोटको बट्टारमा ६ वर्षदेखि तामाङ ग्रुप हार्डवेयर व्यवसाय सञ्चालन गरिँदैआएकामा अब कृषि क्षेत्रमा पनि काम गर्नुपर्छ भन्ने उद्देश्यले अर्को नयाँ कम्पनी मल्टी एग्रो नेसनल इन्भेस्टमेन्ट दर्ता गरी विभिन्न क्षेत्रमा लगानी गरिँदै आएको अध्यक्ष लामाले बताए । उनका अनुसार कम्पनीले सुरूआती समयमा नै मेवा र कागती खेती, मल्टी ब्लक उद्योग, कुखुरा, गाईपालन, नर्सरी उत्पादन, होटेल, मल्टी सप, मल्टी एग्रोभेटलगायत क्षेत्रमा लगानी गरेको छ । लामाका अनुसार अहिले विस्तारित कम्पनीमा नुवाकोटलगायत देशका विभिन्न जिल्लाका एक हजारभन्दा बढी सेयर सदस्य छन् । कम्पनीले नुवाकोटमा मात्र नभई देशका विभिन्न स्थानमा पनि लगानी थालनी गरिसकेको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह