
बट्टार, बिग एजुकेशन कन्सलटेन्सीको आयोजनामा नुवाकोटको बट्टारमा ‘One to One Career Counseling Session’ सोमबार सम्पन्न भएको छ ।
विदुर नगरपालिका वडा नं.-२ बट्टारमा रहेको कार्यालय परिसरमै उक्त सेसनको आयोजना गरिएको थियो । उच्च अध्ययनका लागि साउथ कोरिया, युके, युएसएलगायतका मुलुकमा जान चाहने स्थानीय विद्यार्थीलाई मध्यनजर गर्दै यो कार्यक्रमको आयोजना गरिएको शाखाका प्रबन्ध निर्देशक दिनेश शाक्यले बताए । भर्खरै प्लस टु को परिक्षा दिएका विद्यार्थीमा करियर सम्बन्धी हुने अन्योलतालाई प्रष्टतामा बदल्न यो कार्यक्रमले भूमिका खेलेको उनले दाबी गरे । काठमाडौंको नयाँ बानेश्वरमा प्रधान कार्यालयबाट आएका अनुभवि तथा दक्ष परामर्शदाताबाट करिव एकसय जना विद्यार्थीले प्रत्यक्ष परामर्श प्राप्त गरेका थिए ।