Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

तेकवान्दोको ग्रेडिङ परीक्षा सम्पन्न

तेकवान्दोको ग्रेडिङ परीक्षा सम्पन्न
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर, नुवाकोट तेकवान्दो संघद्वारा नियमित तेकवान्दो खेलको प्रशिक्षण गरिरहेका खेलाडीको ग्रेडिङ परिक्षा सम्पन्न भएको छ । सोमबार तेकवान्दो कभर्डहल बट्टारमा आयोजित ग्रेडिङ परिक्षामा उत्तिर्ण एकसय भन्दा बढी जुनियरदेखि सिनियर बेल्ट प्राप्त खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि नेपाल तेकवान्दो संघ वागमती प्रदेश कमिटिका अध्यक्ष केशव पुरीले प्रमाणपत्र वितरण गर्दै खेलाडीलाई खेल खेल्ने अवसर दिलाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । जुनियरदेखि सिनियर बेल्ट प्राप्त गरेका खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रमका विशेष अतिथि वागमती प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष एवं नुवाकोट तेकवान्दोसंघका संरक्षक सुमन बिक्रम पाण्डेले तेकवान्दोका खेलाडी उत्पादन गर्ने उर्वर जिल्ला नुवाकोटमा पछिल्लो समय तेकवान्दो खेल सुस्ताएकोमा चिन्ता ब्यक्त गर्नुभयो । तेक्वान्दो खेललाई जिल्लाको १२ वटै पालिकामा बिस्तार गर्न सुझाव दिंदै उपाध्यक्ष पाण्डेले वर्षको दुई/तीन वटा प्रतियोगिता गर्ने योजना बनाएमा सहयोग गर्ने आश्वासन दिनुभयो । तेक्वान्दो संघ नुवाकोटको अध्यक्ष शरण उत्सुक सापकोटाको सभापतित्वमा भएको सो कार्यक्रममा संघका पदाधिकारी, डोजाङ प्रमुख तथा सिनियर खेलाडीसँग तेकवान्दो खेललाई जिल्लामा विकास र बिस्तारको बारेमा बृहत छलफल समेत भएको संघका उपाध्यक्ष अशोक थापाले जानकारी दिनुभयो । नुवाकोटमा संघको मातहतमा विदुर नगरपालिका वडा नं.–२ को बट्टार र सुर्यगढी गाउँपालिकाको वडा नं.–४ हल्देमा सुविधा सम्पन्न कर्भडहल समेत रहेको छ । संघले जिल्लामा रहेका डोजाङलाई दर्ता र नविकरण गर्न जेठ मसान्तसम्म समय–सिमा तोकेको कोषाध्यक्ष रामचन्द्र तामाङले बताउनु भयो । संघमा आवद्ध नभई सञ्चालन भईरहेको डोजाङका खेलाडीको ग्रेडिङ परिक्षा र बेल्टको प्रमाणपत्र संघले उपलब्ध नगराउने निर्णय गरेको समेत उहाँले बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह