Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

मानव अधिकार प्रशिक्षण सम्पन्न

मानव अधिकार प्रशिक्षण सम्पन्न
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे, रसुवा सदरमुकाम धुन्चेमा एकदिने मानव अधिकार प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल मानव अधिकार सङ्गठन रसुवाका कार्यवाहक अध्यक्ष प्रसुनराज गुरुङका अनुसार प्रशिक्षणमा सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगी, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराई, सशस्त्र प्रहरी बल २० नम्बर गुल्मका गुल्मपति सुमन थापा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख मोहन आचार्य, नेपाली सेना श्रीनाथ गणका प्रतिनिधिलगायत नागरिक समाज, महिला अधिकारकर्मी, शिक्षक, विद्यार्थी, कर्मचारी, सञ्चारकर्मी र सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा प्रजातन्त्र, मानव अधिकार र कानुनी राज्य, मौलिक हक र प्रजातान्त्रिक व्यवस्था, मानव अधिकार, सुशासन र शासकीय ढाँचा, मानव अधिकार र शरणार्थी व्यवस्थापन, सम्मानपूर्वक बाँच्नका लागि विश्व प्रयास, दिगो विकास लक्ष्यका विषय थियो । मानव अधिकार सङ्गठन रसुवाका आयोजनामा गोसाइँकुण्ड– ६ धुन्चेमा ‘मानव अधिकार संरक्षणमा नागरिक समाज र सञ्चार’ नाराका साथ प्रशिक्षण दिइएको हो । प्रशिक्षण सङ्गठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्याल र केन्द्रीय प्रशिक्षक विनोद कार्कीले दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह