देशैभरि मंगलबार १७औँ गणतन्त्र दिवस सरकारदेखि दल र अन्य सरोकारवाला निकायले गच्छेअनुसार भव्य रूपमा मनाइरहँदा नुवाकोटमा भने काङ्ग्रेसको तेस्रो गुट जन्माउने असफल प्रयास छताछुल्ल ! गुटको गोलो हो काङ्ग्रेस भन्नेलाई बल पु¥याउँदै नुवाकोटमा केसी र महत गुटमा नपत्याइएका र नअटेका काङ्ग्रेसीजनले चियापान गरेर गणतन्त्रको महसुस गरे । आयोजक भन्नेले भेलाको उद्देश्यको पोको फुकाउन नसक्दा चियाको भरमा सहभागी फर्कन बाध्य । सधैँ गनगन मात्र गरिरहने, वल्लो र पल्लो गुटमा चारिरहने ध्रुवदाइदेखि कृष्ण र विषम समूहको योजना आगामी मिसन ०८४ मा १२ पालिका र ८८ वडामा उठाउने सम्भावित उम्मेदवारको खाका तयार गर्न नसक्दा तेस्रो गुट जन्मन सकेन । क्षेत्रीय सभापति जगतदाइ उपस्थित भएपछि महत गुटको एउटा शाखा चलाइरहेका बहादुरदाइ झसङ्ग !