Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

सूचना प्रविधि सम्बन्धी विचार गोष्ठी

सूचना प्रविधि सम्बन्धी विचार गोष्ठी
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे, नेपाल पत्रकार महासङ्घ रसुवाको आयोजनामा धुन्चेमा एकदिने सूचना प्रविधिको विकाससम्बन्धी विचार गोष्ठी सम्पन्न भएको छ । सूचना प्रविधिको विकास र समस्याको सञ्जाल विषयमा भएको गोष्ठी नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् वरिष्ठ पत्रकार किशोर नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

महासङ्घ रसुवाका अध्यक्ष केशव पौडेलको सभापतित्वमा भएको कार्यक्रममा व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रका कार्यकारी अध्यक्ष रुचि श्रेष्ठ, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सहसचिव माधव लामिछानेलगायत रसुवाका विभिन्न पेसामा आबद्ध शिक्षक, पत्रकार तथा स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले सूचना प्रविधिको विकासले ल्याएका समस्या र सम्भावनाबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार नेपालले पत्रकारिता नै बलियो हुनुपर्ने बताए । सामाजिक सञ्जाल र सूचना प्रविधिको विकासले पारेको प्रभावलाई जिम्मेवारीपूर्ण ढङ्गले सूचना सम्प्रेषणको माध्यमबाट समाज परिवर्तनमा पत्रकारले व्यावसायिक पत्रकारिताको बाटोबाट नै योगदान दिनुपर्ने उनको धारणा थियो । सरकारले सही ढङ्गमा पत्रकारलाई परिचालन गर्न नसकेको भन्दै सरकारले सूचनासँग डिल गर्ने सामथ्र्य राख्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह