
विदुर, सानिमा बैंक लिमिटेड विदुर शाखाले स्टार नुवाकोट अस्पताल प्रा.लि.सँग सम्झौता गरेर बैंकका ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा अस्पतालबाट विशेष छुट पाउने भएका छन् । बैंकको विदुर शाखाका प्रबन्धक प्रेमबहादुर पौडेल र अस्पतालका प्रबन्धक नवीन जोशीले सेवा सुविधाका लागि हस्ताक्षर गरेका छन् । सानिमा बैंकका ग्राहकले ओपिडीमा २५, प्रयोगशालमा १५ प्रतिशत, औषधिमा सात प्रतिशत र अन्य सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसैगरी, बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । विशेषज्ञसहितको स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको स्टार नुवाकोट अस्पताल विदुर नगरपालिका–२ को विदुरमा प्रहरी चेकपोस्टसँगै रहेको छ ।