देश एमालेमय होला कि नहोला मिसन ०८४ मै थाहा होला । अहिले देशको राजनीति भने ओली कमरेडकै वरिपरि हुँदा पनि नुवाकोट एमाले अध्यक्ष मैनालीको पार्टी सञ्चालन भने प्राइभेट कम्पनीजस्तो । जिल्ला अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि र अतिथि कमरेडहरूले अपमान महसुस हुने गरी सभापतित्व गर्ने अध्यक्षलाई निद्रा, उपाध्यक्षलाई रुघा लाग्नु, अन्य राजनीतिक दलका जिल्ला नेता अनुपस्थिति हुनु संयोग हो कि केटाकेटीपन ! उद्घाटन सभामा केपी बा’को फोटो राखेर प्रचार–प्रसार गरेर जनता बटुले पनि वरिष्ठ उपाध्यक्षले भाषण गर्ने बेलामा कम भएपछि कालो चस्मा ढल्काएर मञ्चमा घुर्न थालेपछि प्रदेश अध्यक्ष कैलाश कमरेडलाई अप्ठ्यारो । हावाहुरीले मञ्च उडाए पनि कार्जेक्रम सफल भएकोमा मैनाली समूहको बधाई साटासाट ! निद्रा बढी लाग्नु भनेको शुभलक्षण नभएको जिल्लाका तीनजना केन्द्रीय सदस्यको ठहर !