इन्डक्सन चुलो वितरणको तयारी

  • त्रिशूली प्रवाह
  • २४ जेष्ठ २०८१, बिहीबार १२:३३

ढुङ्गे, विदुर नगरपालिका-१ ले धुवाँरहित वडा बनाउने अभियानअन्तर्गत वडावासीलाई इन्डक्सन चुलो वितरण गर्ने भएको छ ।

वडा कार्यालयले मंगलबार सूचना जारी गर्दै वडा कार्यालयले अनुदानमा इन्डक्सन चुलो वितरण गर्ने जानकारी दिएको छ । वडालाई धुवाँरहित वडा बनाउने लक्ष्यका साथ वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्रसँग सम्झौता गरी विद्युत्को प्रयोगमा जोड दिइएको विदुर नगरपालिका-१ का अध्यक्ष लेनिन रञ्जितले बताए । चालू आवमा तीन सय इन्डक्सन चुलो वितरण गर्ने कार्यक्रम रहेको उनले बताए । स्थानीय नागरिकका लागि वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्रको ७० प्रतिशत रकम अनुदान र स्थानीय नागरिकको ३० प्रतिशत रकम व्यहोर्ने गरी वडाले इन्डक्सन चुलो वितरण गर्न लागिएको वडासचिव विष्णुप्रसाद गजुरेलले जानकारी दिए ।