विदुर, नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी सङ्गठन नुवाकोटको शुक्रबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले मोतीराम न्यौपानेको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनबाट तीन उपाध्यक्षमा मेघबहादुर तामाङ, रामेश्वर खनाल र शिव भण्डारी, सचिवमा रामप्रसाद लामिछाने, दुई सहसचिवमा धु्रव पुडासैनी र चिरमाया तामाङ तथा कोषाध्यक्षमा शिवराम भण्डारीसहित कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्ष मीनकुमार केसीको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन सङ्गठन केन्द्रीय अध्यक्ष कृष्णराज केसीले गर्दै गणतन्त्रलाई संस्थागत र जनस्तरसम्म पु¥याउन बुद्धिजीवीको भूमिका सशक्त र महत्वपूर्ण रहेको बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् नुवाकोट इन्चार्ज हिरानाथ खतिवडा, पार्टी जिल्ला संयोजक पुष्प लामिछाने, सङ्गठन बागमती प्रदेशका उपाध्यक्ष वासुराम रिजाल, बागमती प्रदेशका सचिव भरत गौतमलगायतले अधिवेशनको सफलताका शुभकामना दिएका थिए ।