+
Search

ताजा अपडेट +

पपुलर +

कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप

कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, रसुवा जिल्ला, गोसाइँकुण्ड-६ धुन्चेमा घरपालुवा तथा सडकमा डुल्ने कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको तीनदिने खोप शिविर सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

वडाको क्षेत्रभित्र पर्ने सदरमुकाम धुन्चेमा सो शिविर गाउँपालिका पशुसेवा शाखाको आयोजना तथा नेपाल एनिमल वेलफेयर एन्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा छाडा कुकुर विभिन्न रोग लागेर सङ्क्रमित हुने तथा उनीहरूको असर घरपालुवा कुकुर र आममानिसलाई समेत पर्ने भएकाले रोकथाम तथा सङ्क्रमण नफैलियोस् भन्नाका लागि शिविर सञ्चालन गरिएको पशुसेवा शाखा प्रमुख अनोज बाँस्कोटाले जानकारी दिए । वडाका ठाँडे, सोले, धुन्चे क्षेत्रमा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । बाँस्कोटा भन्छन्, ‘पाँच पशु विशेषज्ञको टोलीले एक सय दुई कुकुरको बन्ध्याकरण गरी रेबिजविरुद्वको खोप लगाएको छ । अब केही हदसम्म कुकुरको सङ्ख्या घट्ने र रेबिज नियन्त्रण हुन्छ ।’ जथाभावी मानिसलाई देखेर भुक्ने, लखेट्ने, टोक्नेजस्ता गतिविधि धेरै भएपछि र छाडा रूपमा रहेका कुकुरको सङ्ख्या धेरै बढ्न थालेपछि ५४ पोथी र ४८ भाले कुकुरलाई बन्ध्याकरण गरी रेबिजको खोप लगाइएको बताइएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह