+
Search

ताजा अपडेट +

पपुलर +

जुनियर रेडक्रस सर्कल पुनः गठन

जुनियर रेडक्रस सर्कल पुनः गठन
त्रिशूली प्रवाह
२ साल अगाडी

रातमाटे, शिलादेवी माध्यमिक विद्यालय बेलकोटगढी नगरपालिका-७ रातमाटेमा नेपाल जुनियर रेडक्रस सर्कलको परिचयात्मक तथा जुनियर रेडक्रस सर्कल (जु.रे.स.) गत हप्ता पुनः गठन भएको छ ।

Utsuk Books & Stationery

नेपाल रेडक्रस सोसाइटी नुवाकोटका कोषाध्यक्ष नवराज सुवेदीको प्रमुख आतिथ्य, झिल्टुङ उपशाखाका सचिव तथा जिल्ला जु.रे.स. विभागका सदस्य नवराज नेपालको विशेष आतिथ्य, महादेव मावि कोल्पुटारका शिक्षक नायक अच्युत नेपालको आतिथ्य तथा शिलादेवी मावि जु.रे.स.का संरक्षक प्रधानाध्यापकको सभापतित्वमा सम्पन्न भयो । सो कार्यक्रम शिक्षक नायक रामचन्द्र नेपालले सञ्चालन गरेका थिए भने प्रशिक्षण तथा जु.रे.स.को परिचयात्मक कार्यक्रम नवराज नेपालले सञ्चालन गरेका थिए । सो अवसरमा प्रमुख अतिथिबाट कोष सञ्चालन गर्न एक हजार २५ रुपैयाँँ र शिलादेवीका प्रधानाध्यापकबाट दुई हजार पाँच रुपैयाँ नगद सहयोग प्राप्त भएको जु.रे.स.ले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह