+
Search

ताजा अपडेट +

पपुलर +

आधारभूत मौरीपालन तालिम सम्पन्न

आधारभूत मौरीपालन तालिम सम्पन्न
त्रिशूली प्रवाह
२ साल अगाडी

लाँकुरीभञ्ज्याङ, बागमती प्रदेश सरकार र पञ्चकन्या गाउँपालिकाको साझेदारीमा गत जेठ २२ देखि सुरु भएको आधारभूत मौरीपालन तालिम असार ४ गते मंगलबार सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

१५ दिने तालिमको समापन गाउँपालिका उपप्रमुख विमला केसीले गर्दै पालिकाले सधैँ किसानको हितमा काम गर्ने र यस व्यवसाय सञ्चालन गर्नेलाई आगामी दिनमा अनुगमन गरेर आवश्यक सहयोग गर्ने, उत्कृष्ट व्यवसायीलाई सम्मान र पुरस्कृत गर्ने बताइन् । नेपाल मौरीपालक महासङ्घ नुवाकोट शाखा अध्यक्ष एवम् नुवाकोट जिल्लालाई मौरी हब बनाउने अभियानमा अहोरात्र लागिरहेका मौरी बचाऊ अभियान्ता, आधुनिक मौरी फार्म तथा घार उद्योगका प्रोपाइटर भीमप्रसाद अधिकारीले प्रशिक्षण दिएको तालिममा २५ जना महिला सहभागी रहेका थिए । कार्यक्रममा प्रशिक्षक अधिकारीले परम्परागत रूपमा पालिएको मौरीपालनबाट भन्दा आधुनिक तरिकाले मौरीपालन गर्दा बढी लाभ उठाउन सकिने बताए । समापन कार्यक्रमका विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले तालिममा सिकेको कुरा व्यवहारमा उतार्न र आगामी आ.व.मा व्यावसायिक मौरीपालक किसानलाई आवश्यक सहयोग गर्ने जानकारी दिए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह